
१० असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय १५ पुगेको छ भने संक्रमणबाट १४ हजार ४ सय ४३ को मृत्यु भएको छ ।
मंगलबार भारतमा १५ हजार ६ सय ६५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ६८ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ९३ लाख ५४ हजार ८ सय ६० पुगेको छ भने ४ लाख ७९ हजार ८ सय १६ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।