१० असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या २४ लाख २४ हजार १ सय ६८ रहेको छ ।
अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १ लाख २३ हजार ४ सय ७३ रहेको छ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ३६ हजार १५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय ८२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार १० बुधवार ०९:४३ मा प्रकाशित






























