back
CTIZAN AD

गल्मी सेवा समाज कतारद्धारा परियारलाई बिदाई

वि.सं.२०७३ पुस १२ मंगलवार

1K 

shares

33

कुमार ‘अविरल’ पन्थी, कतार । ‘गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता’ भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको गल्मी सेवा समाज कतारले सह–सचिव मेहर सिंह परियारलाई स–सम्मान बिदाई गरेको छ ।
रोजगारीको सिलसिलामा बिगत लामो समय देखि कतारमा कार्यरत परियार कतारको बसाइलाई बिट मार्दै पुनः रोजगारीको सिलसिलामा पोल्याण्ड जाने क्रममा विहिबार स–सम्मान बिदाई गरेको हो । कार्यक्रमा समाजका अध्यक्ष बुद्ध पाण्डे सभापति रहेका थिए । तेस्तै समाजका संरक्षक द्रोण बस्नेत, सह–सचिव मेहर सिंह परियार, सल्लाहकार बिष्णु गौतम, महिला संयोजक बिष्णु खत्री लगायत अतिथि रहेका थिए । समाजका कार्यसमितिका पदाधिकारीका साथै गुल्मेली तथा गैर गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा द्रोण बस्नेत, बिष्णु गौतम, बिष्णु खत्री लगायतले आ–आफ्ना भनाईहरु राख्दै यात्रा सफलताको शुभकामना दिएका थिए । अवसरको खोजीमा एउटा देशबाट अर्को देश पलाएन हुनु पर्ने हामि नेपालीको रहर नभएर बाध्यता भएको बताएका कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले परियारलाई सामजिक कार्यको खुलेर चर्चा गरेका थिए ।

तेस्तै कार्यक्रममा बोल्दै सह–सचिव परियारले विश्वको जुनसुकै कुनामा रहेपनि गुल्मी सेवा समाज कतारलाई र गुल्मेलीलाई भुल्न नसक्ने बताएका थिए । कतारमा रहदा गुल्मेली को साथ र सहयोगलाई कहिले पनि नबिर्सने र गुल्मी सेवा समाजलाई पूर्ण साथ र सहयोग रहने समेत प्रतिवद्धता जनाएका थिए । परियार कतारमा कार्यरत रहदा सामाजिक क्षेत्रमा निकै क्रियाशील भएर लागि रहेका थिए । उनि कतारको बसाइलाई बिट मार्दै पुनः रोजगारीको सिलसिलामा पोल्याण्ड गएका हुन ।

कार्यक्रमको अन्त्यमा बोल्दै सभापति पाण्डेले प्रवासको वसाईलाई बिट मार्दै स्वदेश फिर्नुको सट्टामा पुनः अवसरको खोजीमा एउटा देशबाट अर्काे देश पलाएन हुनु पर्ने हामि नेपालीको रहर नभएर बाध्यता भएको बताउदै परियारलाई यात्रा सफलताको शुभकामना दिए । कार्यक्रम सभ्य भव्य र सफल बनाउनका लागि उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम समाजका सास्कृतिक संयोजक सुरज बिसिको संचालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०५:२१ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...