back
CTIZAN AD

पोल्याण्डमा छक्का पञ्जा

वि.सं.२०७३ पुस १२ मंगलवार

981 

shares

15725383_10207700298731436_2130915374_o

पोल्यान्ड । नेपाली जनसम्पर्क समिती पोल्यान्डको आयोजनामा पोल्यान्डको वारसवामा नेपाली चर्चित फिल्म छक्का पन्जा प्रदर्शन भएको छ । नेपाली जनसम्पर्क समितिकी सभापति डा. एलिनी पोखरेल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन आर एन पोल्यान्डका अध्यक्ष डा. बोध राज सुवेदी प्रमुख अतिथी अतिथिहरु इनास पोल्यान्डका अध्यक्ष श्रीकृष्ण न्यौपाने एन आर एन पोल्यान्डका वरिष्ठ उपाध्यक्ष मित्र लाल पार्दे लगायतकाले आ आफ्नो शुभकामना सन्देश दिनु भएको थियो ।
पोल्यान्डको ईतिहासमै पहिलोपटक नेपाली फिल्म प्रदर्शन गराएकोमा आयोजकलाई आभार व्यक्त गरिएको थियो । पहिलो चरणको शुभकामना कार्यक्रमको सन्चालन जन सम्पर्क समिती पोल्यान्डका महामन्त्री नारायण चालिसेले गर्नु भएको थियो भने कार्यक्रमा शुभकामना मन्तब्य उप सभापति जीवन केसीले दिनु भएको थियो ।
दोश्रो चरणमा नेपाली फिल्म छक्का पन्जा प्रदर्शन गरिइएको थियो । हाउस फुल हुने गरी पोल्यान्ड बस्ने नेपाली दर्शकहरु जम्मा भएर उक्त फिल्म बाट भरपुर मनोरन्जन प्राप्त गरेका थिए । फिल्ममा बिदेशिदा गाउले भोग्नु परेको सामाजिक पिडा र बिदेश नजादा भोग्नु परेको सामाजिक पिडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । हास्य पात्रहरुको भूमिकाले पनि फिल्मलाई बडो आकर्षक ढंगले प्रस्तुत गर्दा दर्शकहरु पुरै मनोरन्जन प्राप्त गरेका थिए ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०५:२६ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...