-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा असार ११ सम्मको कोरोना अपडेटः संक्रमितको संख्या ११ हजार नाघ्यो, आइसोलेशनमा ८,४८६ जना र २६ को मृत्यु



११ असार, काठमाण्डौं । नेपालमा विहिबार ( ११ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ८७ हजार ६१० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशभरीका २२ वटा प्रयोगशालाबाट दुवै प्रविधिबाट १० हजार ७१० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख ९९ हजार ७३८ र आरडिटी प्रविधिबाट २ लाख ८७ हजार ८७२ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६,५४३ वटा पिसीआर र ४,१६७ वटा र्यापिड परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ८,४८६ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०९ पुगेको छ । साथै आज काठमाण्डौंका १ जना रेडजोनमा थपिएका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ७४ हजार २२ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ११,१६२ पुगेको छ भने आज निको भएर ३१२ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २,६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज मृत्यु भएको पुष्टि भएका २ जनासँगै मृतकको संख्या २६ पुगेको छ ।

उपत्यकाका ९ सहित ४३४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

आज उपत्यकाका ८ सहित ४३४ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी पाल्पामा १२२ जना, कन्चनपुरमा ५९ र रौतहटका ३८ जनामा संक्रमण पृष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १ र १ सुनसरीका १ पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ पुरुष र सुनसरीका २ महिला र २ पुरुष गरी ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ९, महोत्तरीका ५ पुरुष, सिराहाका १ महिला र १ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ महिला र ९ पुरुष गरी १३ जना, बैतडीका १ पुरुष, बझाङका ३ महिला र १३ पुरुष गरी १६ जना, बाजुराका २ महिला र २ पुरुष गरी ४ जना, डडेल्धुराका १ महिला र ११ पुरुष गरी १२ जना, कैलालीका २ पुरुष, कन्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ महिला र ८६ पुरुष गरी ९३ जना, किटजन्य अनुसन्धान तालिम केन्द्र हेटौडामा बाराका १ पुरुष, पाटन अस्पताल ललितपुरमा डोल्पाका १ पुरुष, काठमाण्डौंका २ महिला र २ पुरुष गरी ४ जना, ललितपुरका १ र सुनसरीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका १ महिला र ३ पुरुष गरी ४ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका १ महिला र ४ पुरुष गरी ५ जना, तनहुँका २ महिला र ७ पुरुष गरी ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका २ पुरुष, म्याग्दीका १ महिला र ५ पुरुष गरी ६ जना, स्याङजाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ पुरुष गरी ७ जना,पाल्पाका २८ पुरुष, रुपन्देशीका ४ महिला र ३ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपुर्वका १ पुरुष, बर्दियाका १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १, बझाङका २, बाँकेका १ पुरुष दैलेखका १ महिला र १७ पुरुष गरी १८ जना, दार्चुलाका १ पुरुष, धादिङ, इलाम, जुम्ला, कैलाली, १÷१ पुरुष, कालिकोटका १ महिला र २ पुरुष गरी ३ जना, कास्कीका १ पुरुष, लम्जुङका १ पुरुष, सल्यानका १ र सुर्खेतका १३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बैतडीका १, बाजुराका ४, बाँकेका ३ पुरुष, दैलेखका १ महिला, दाङका १ पुरुष, धादिङका १, गोर्खाका २, गुल्मीका १, इलामका १, जुम्लाका १, कन्चनपुरका १, खोटाङका १, लम्जुङका १, ओखलढुंगाका २, पाल्पाका १, रामेछापका २ र ताप्लेजुङका ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज ४८ जना महिला र ३८६ पुरुष गरी जम्मा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा महिला १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष रहेका छन् ।

आज ३१२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २,६५० पुग्यो
नेपालमा विहिबार ३१२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज निको भएर अस्पतालबाट डिस्चार्ज हुनेमा महिला १९, पुरुष २९३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष गरी ७ जना, गौरी शंकर कलेजबाट ३ महिला र ७७ पुरुष गरी ८० जना, अल्पाईन नसिङ इन्स्च्युटबाट ६९ पुरुष, कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ पुरुष, टिचिङ अस्पताल महाराजगन्जबाट २ पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै बर्दियाबाट २ महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेशन सेन्टर राप्ती सोनारीबाट १ महिला र १० पुरुष गरी ११ जना, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल आइसोलेशन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल दैलेखबाट १ पुरुष, सुर्खेतबाट ३ महिला र २९ पुरुष गरी ३२ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुर धनुषाबाट ४ पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट ३ महिला र १२ पुरुष, सपही आइसोलेशन सेन्टर धनुषाबाट ३ महिला ४२ पुरुष र सिराहाबाट १ पुरुष डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएका ३१२ जना सँगै नेपालमा कोरोना संक्रमणबाट मक्त हुनेको संख्या २,६५० पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा स्याङजा आँधिखोला १ का ५५ वर्षीय पुरुष रहेका छन् ।

मधुमेह तथा श्वास प्रस्वासको समस्या भएका उनलाई फेवासिटी अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । त्यहाँ कोरोना पोजेटिभ देखिएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको बुधबार (असार १० गते) राति ११\३५ मा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका ५ ललितपुरका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

पाँचमहिना अघि मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनको कोखा दुखेका कारण पुनः सोहि अस्पतालमा उपचार गराउन गएका थिए । अस्पतालले भर्ना हुन भनेपछि नर्भिकमा भर्ना भएर उपचार गरेका उनलाई कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रिफर गरेर उपचार गरिएको थियो ।

उनको आज (विहिबार, असार ११ गते) बिहान ५ बजे पाटन अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार हुँदा हुँदै मृत्यु भएको हो । आज पुष्टि भएका २ सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

नेपालमा आजसम्म १ लाख ९३ हजार बढी पिसीआर परीक्षण, १०,७२८ कोरोना संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ८,३३६


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा