काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपामा ठूलो परिवर्तन आवश्यक रहेको बताएका छन् । उनले नेकपा विचार र संगठनात्मक रुपमा पुरै सच्चिनुपर्ने बताए ।
सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला भट्टराईले नेकपामा माक्र्सको चिन्तन प्रणालीमा आधारित २१ औं सताब्दी अनुकुल नयाँ विचार, नीति, कार्यक्रम र संगठन प्रणाली विकास गर्नुपर्ने बताएका छन् । उनले नयाँ विचारमा आधारित संगठन प्रणाली पनि विकास गर्नुपर्ने खाँचो औंल्याए ।
सामाजिक सञ्जालमार्फत नेकपा सुद्धिकरणबारे बोल्दै भट्टराईले नयाँ विचार र संगठनमा पुराना नेताले सल्लाहकारको भूमिका मात्रै लिनुपर्ने कुरा स्पष्ट पारेका छन् । पुराना नेताबाट नेकपा सहि दिशामा नआउने भट्टराईको विश्लेषण छ ।
नेकपावारे@ArunBaral1को सही विश्लेषण!तर समाधान के त?अन्यथा अर्थ लाग्दैन भने:१.समस्याको चुरो विचारको विकास हो;मार्क्सको चिन्तनप्रणालीमा टेकेर२१औं शताब्दी अनुकूल नयाँ विचार,नीति,कार्यक्रम,संगठन प्रणाली विकास गर्ने;२.पुराना नेता सबै सल्लाहकार बसेर नयाँलाई पार्टी/सरकारको नेतृत्व दिने! https://t.co/pwqIiQIiRc
— Baburam Bhattarai (@brb1954) June 26, 2020
सत्तारुढ नेकपाभित्र विचार, नेतृत्व र कार्यशैलीमा चर्को विवाद छ । गत बुधबारदेखि सुरु स्थायी कमिटी बैठकमा पनि नेतृत्व र नेतृत्वको कार्यशैलीबारे चर्को विवाद भईरहेको छ ।
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारप्रति नेताहरु निकै असन्तुष्ट छन् । सरकार एकपछि अर्को विवादमा परिरहँदा सरकारको नेतृत्व परिवर्तनबारे समेत नेकपाभित्र संघर्ष देखिएको छ ।
वि.सं.२०७७ असार १२ शुक्रवार १३:१८ मा प्रकाशित






























