-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

‘साइनो सिर्जना र अभियान’



साइनो .सम्बन्ध र सिर्जना . नयाँ रचना हो । साइनो नेपाली शब्द हो । साइनु नै साइनो हो भनेर नेपाली बृहत् शब्दकोशले परिभाषित गरेको छ । नेपाली समाजले साइनोलाई नाता सम्बन्धका रुपमा अर्थ्याउँछ । गण्डकी प्रदेशतिर सैना शब्दले साइनोको प्रतिनिधित्व गरेको पाइन्छ । यसरी हेर्दा साइनो शब्दको शाब्दिक अर्थ नाता सम्बन्ध नै हो भन्ने स्पष्ट हुन आउँछ ।

साइनोलाई संस्कृतमा बन्धु बान्धव र अङ्ग्रेजीमा Relation भनेर अर्थ्याएको पाइन्छ । यहाँ भने साइनोको शाब्दिक अर्थभन्दा सिर्जनात्मक अर्थसित परिचित हुने प्रयत्न गरिएको छ ।

साइनो लघुकविता हो । यसमा कविताका तत्त्वहरु हुन्छन् । साइनोले कविताले जस्तै विम्बरप्रतीक वहन गर्छ । लक्षणा र व्यन्जना शब्दशक्तिले पनि साइनो सिर्जनामा महत्त्व राख्छन् । अलङ्कार–अनुप्रास पनि साइनोलाई सौन्दर्य प्रदान गर्ने तत्त्व हुन् । यसर्थ साइनोको अन्तर्य कविताकै रुप हो । यसले जीवनका समग्र पक्षसँग आफ्नो सम्बन्ध राख्छ । साइनोको सम्बन्ध पृथ्वी, आकास, पानी, आगो र हावा पाँचै तत्वसँग रहन्छ । अर्को शब्दमा जीवन –जगतका पञ्चतत्त्वसँग साइनोको साइनो गाँसिएको पाइन्छ ।

साइनो संरचनाः
साइनोको संरचना त्रिपदीय हुन्छ । यसको पहिलो पङ्क्ति सात अक्षरको हुन्छ । दोस्रो आठ अक्षरी रहन्छ र तेस्रोमा नौ अक्षर रहन्छन् । अक्षर गणना सामान्य नेपाली व्याकरण अनुसार गरिन्छ । आधा अक्षर (वर्ण) लेखिन्छ तर गनिदैन । यसमा आधा अक्षरको गणना गरिदैन र ह्रस्व दीर्घ दुवैलाई समान महत्व दिइन्छ । यसका तीन पदलाई तीन शब्द गुच्छा भनिदै आएको छ । अर्थात् यी तीन शब्द गुच्छाको त्रिपदीय संरचना पनि भन्न सकिन्छ । यी तीनवटै शब्द गुच्छा एक अर्कामा आश्रित नभई स्वतन्त्र हुन्छन् ।

यी प्रत्येक शब्दगुच्छाको एकमुष्ट अर्थ पनि लाग्छ । विराम चिन्हहरुको प्रयोग शब्द गुच्छाको भावले मागे अनुसार तथा सामान्यतया तेस्रो गुच्छाको अन्त्यमा पूर्ण विरामको प्रयोग गरिन्छ ।

साइनो सिर्जना यात्राः
साइनो नेपाली मन माटामा उम्रेको नवीनतम विधा हो । यो साहित्यको कान्छो विधाका रुपमा सिर्जना भएर अघि बढेको हो । यसको प्रयोगमा धेरै स्रस्टाहरुका सिर्जना सार्वजनिक भइसकेका छन् । यो छोटो समयमा प्रशस्त पाठक प्रिय भएको छ । सङ्क्षिप्त सरचनानै यसको आकर्षण हो । नेपालबाटै सुरु भएर अघि बढेको यो विधाप्रति नेपाली आस्था बढी देखिनु स्वाभाविकै छ । यसमा नेपालीपन रसाउँछ । यसले नेपाली मौलिक न्यानो स्पर्श पाएको छ । यसका शब्द गुच्छाको स्वतन्त्र अर्थ र एकमुष्ट अर्थले नेपालीको बहुभाषिक संस्कृतीमा रहेको एकताको भाव बताउँछ । नेपाली एकताको स्वर सुसेल्छ ।

साइनो सिर्जना आरम्भः
साइनो सिर्जनाको आरम्भ विस. २०७६\४\१६ को मितिमा छायादत्त न्यौपाने बगर बाट नेपाली भाषामा भएको हो । यस मितिमा सिर्जना गरी न्यौपानेले (फेसबुक) अनुहार किताबमार्फत सार्वजनिक गरेपछि साहित्यको नयाँ मौलिक विधा साइनो सिर्जनाको आरम्भ नेपाली भाषाबाट भएको हो । नेपाली भाषाको प्रथम साइनो होः
मान्छे छैन इमानी
न सहरमा छ धन
न झोपडीमा छ पिसानी ।

यस्तै अरु केही रचनाहरु सार्वजनिक भएपछि साइनोकार केशव ज्ञावलीको पहलमा स्वयं ज्ञावली र न्यौपाने दुई स्रष्टा बिच विस्तारले छलफल भयो । छलफलमा यसको संरचना, मौलिकता र सूत्रात्मक अभिव्यक्तिबारे एकमत भएपछि केशव ज्ञावली पनि मिति २०७६\ ५\१४ देखि यो साइनो सिर्जन यात्रामा सक्रियतापूर्वक जुटेका हुन् । यसपछि लगत्तै स्रस्टा खेमलाल पोखरेल र न्यौपाने बिच साइनोका नामबारे छलफल भयो । न्यौपाने, ज्ञावली र पोखरेलको सहमतिमा साइनो, नाम, संरचना र सूत्रमय तीन शब्दगुच्छाको संरचना नै कविताको उपविधा साइनो हो भन्ने कुरामा निर्णयात्मक सहमति भयो । तत्पश्चात साइनो यात्रामा कृष्ण पौडेल जोडिनुभयो वहाँसँगै बालकुमार क्षेत्री अफगानिस्तानदेखि जोडिनुभयो । यही क्रममा हरिप्रसाद चौलागाईं ,सीता सुवेदी पन्थी, धतानन्द शर्मा, सुरेन्द्र शाही,उद्वव प्याकुरेल जस्ता स्रस्टाहरुसँगै अरु थुप्रै स्रस्टाहरु भित्रिने क्रम जारी रह्यो ।

साइनो नेपाली मन माटामा उम्रेको नवीनतम विधा हो । यो साहित्यको कान्छो विधाका रुपमा सिर्जना भएर अघि बढेको हो । यसको प्रयोगमा धेरै स्रस्टाहरुका सिर्जना सार्वजनिक भइसकेका छन् । यो छोटो समयमा प्रशस्त पाठक प्रिय भएको छ । सङ्क्षिप्त सरचनानै यसको आकर्षण हो । नेपालबाटै सुरु भएर अघि बढेको यो विधाप्रति नेपाली आस्था बढी देखिनु स्वाभाविकै छ । यसमा नेपालीपन रसाउँछ । यसले नेपाली मौलिक न्यानो स्पर्श पाएको छ । यसका शब्द गुच्छाको स्वतन्त्र अर्थ र एकमुष्ट अर्थले नेपालीको बहुभाषिक संस्कृतीमा रहेको एकताको भाव बताउँछ । नेपाली एकताको स्वर सुसेल्छ ।

यसमा विष्णु पादुका, कृष्ण बाउसे, महानन्द ढकाल, सीता शर्मा, हेमन्त तिवारी, टंक पन्थ, मिना डाँगी,बाबुराम न्यौपाने ‘उत्स’, सुरेश काफ्ले विदारक, हरिभक्त पौडेल, सविता भट्टराई,घन थापा, थमन थापा, हुम गुरुङ, शोभाकान्त रिजाल, बलराम सुवेदी, मोहन भण्डारी, कमला भण्डारी ढकाल, सन्तोष खत्री, देवी गौतम, विनोद नेपाल, सीता पौडेल, निरन्जना चन्द, चन्द्रवती अधिकारी, हरे कृष्ण ज्ञावली, शेखर श्रेष्ठ , शेखर अर्याल, शान्ति पन्थी, सीता विष्ट, आकाश पौडेल, सुमित्रा न्यौपाने, आर्त आकूलीन, चिरञ्जीवी ढकाल लगायत धेरै स्रस्टाहरु जोडिएर साइनो सिर्जना गरिरहनु भएको छ । पछिल्लो समय छायादत्त न्यौपानेको बाल साइनोसंगै सन्तोष खत्री, खेमलाल पोखरेल मिना डाँगीहरुले अङ्ग्रेजी र हिन्दी भाषामा पनि अभ्यास गर्दै आएको पाइन्छ भने आर्त आकूलीन र महानन्द ढकालले थारु भाषामा पनि साइनो सिर्जना गरिसकेका छन् । यसरी हेर्दा साइनो निकट भविष्यमै नेपालका राष्ट्रिय भाषाहरुमा र अन्तर्राष्ट्रिय भाषाको पनि प्रिय विधा हुने बलियो सम्भावना नजिकै देखिएको छ ।

अभियानका रुपमा साइनोः
नेपाली मनमाटाको सुगन्धले समस्त नेपाली मन मस्तिष्कमा झङ्कार दिन सफल साइनो जन्मेको ९ र १० महिना मै सयौं स्रस्टाहरु माझ पुग्यो । यसलाई यसरी तीव्र गतिमा धेरै स्रस्टाहरुको साधना र पाठकको स्नेह प्राप्त हुनुमा साइनो अभियन्ता बालकुमार क्षेत्री ‘साइनो’ को उच्च देन रहेको छ । स्रस्टाहरुलाई साइनो चिनाउने र लेख्न प्रेरित गर्ने कार्यमा क्षेत्रीले सुरु देखिनै आफ्नो अमूल्य समय खर्च गरेर बौद्धिक कसरत गर्दै साइनो संसार फेसबुक पेजमार्फत लाइभ कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साइनो चौपारी म्यासेन्जर समूह निर्माण गरी धेरै सर्जक र स्रष्टाहरुलाई जोडेर समूहमा छलफल गर्दै\गराउँदै आइरहेका छन् ।

उनी साइनो वाङ्गमय प्रतिष्ठनमा प्रचार–प्रसार समितिका संयोजक पनि हुन् । ठिक यहि गति र प्रक्रियामा महानन्द ढकालले बाँके कोहलपुरबाट योगदान गरिरहेका छन् । ढकालको सक्रियताले साइनोको भात खुवाइको उमेरमै पुस्तक प्रकाशन सम्भव भएको देखिन्छ । विष्णु पादुकाको साइनो प्रकाशन गरी पादुका र ढकाल दुवैले एतिहासिक गरिमा स्थापित गरेका छन् ।

यसैगरी स्रस्टा केशव ज्ञावली, खेमलाल पोखरेल, सुरेन्द्र शाही, सुरेश काफ्ले बिदारक पनि साइनो प्रबर्द्धनमा मन वचन र कर्मले समर्पित स्रष्टा हुन् । माथि उल्लेखित स्रस्टाहरुले साइनो बारे लेखहरु लेख्ने, प्रकाशित गर्ने, विभिन्न गोष्ठीहरुमा सहभागी भएर मन्तव्य सहित साइनो वाचन गर्ने जस्ता प्रयास हुँदै र गर्दै आएका छन् । यसमा सञ्चार माध्यमहरुको सहयोग पनि उल्लेख्य रहेको छ । विद्युतीय माध्यम तथा छापा पत्रिकाहरुको देन अझै बढी महत्वपूर्ण रहँदै आएको छ ।

यी सबै ब्यक्ति र सस्थाहरुसँग जोडिएर साइनोको स्थायित्वको लागि सहयोगीको भूमिकामा छायादत्त न्यौपाने पनि सँगसँगै रहदै आएको पाइन्छ । न्यौपानेका थुप्रै छोटा छरिता टुक्रेहरू लेखदेखि साइनोको पूर्ण परिचय दिने गरी सैद्धान्तिक लेखहरु पनि आइसकेका छन् । विभिन्न मिडियाबाटअन्तर्वार्ताहरू पनि आएका छन् ।

साइनोलाई सबल र जनप्रिय बनाएर लैजाने अभियानमा न्यौपाने, ज्ञवाली, पोखरेल, क्षेत्री, ढकाल समेत सबै नेपालीको साझा सम्पदा भएको हुँदा यसको प्रबर्द्धनको दायित्व पनि समस्त नेपालीसँगसँगै जोडिएको कुरा नबिर्सन हाम्रो सविनय आग्रह छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं