back
CTIZAN AD

प्रथम गोरखा भिसीको शालिक निर्माणका लागि १ लाख पाउण्ड बढीको प्रतिवद्धता

वि.सं.२०७७ असार १२ शुक्रवार

684 

shares

१२ असार, बेलायत । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरको बेलायतको अल्डरसटस्थित प्रिन्सेस पार्कमा बनाउन लागिएको शालिकका लागि नेपाली समुदायबाट १ लाख पाउण्डभन्दा बढीको प्रतिवद्धता व्यक्त भएको छ ।

जस्मा आज सम्म £१०१३१९.१६ प्रतिवद्धता आईसकेको शालिक निर्माणका लागि गठित समितिका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार बिहीबार बिहानसम्म ८९ जना दाता व्यक्ति वा संघ संस्थाबाट जनही १ हजार पाउण्डभन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ ।

समितिले १ हजार पाउण्डभन्दा बढी चन्दा दिने १२५ जना दाताको नाम शालिकसँगै शिलालेखमा अंकित गर्ने घोषणा गरेकोमा अब ३७ जना व्यक्ति वा संस्थाको मात्र नाम टङ्कन गर्न सकिने उनले जानकारी दिएका छन् । ‘प्रथम भिसीको सालिकका लागि प्राप्त हुने सहयोग अस्वीकार गर्दैनौँ तर शिलालेखमा १२५ वटाभन्दा बढी स्थान दिन असमर्थ छौँ’ उनले भने ।

१२५ स्थानमा अब बाँकी स्थान पहिले आउनेलाई प्राथमिकताका आधारमा दिइने पनि उनले बताए ।

शालिक निर्माणको लागि १ लाख २५ हजार पाउण्ड लाग्ने पूर्वानुमान गरिएको छ । जसमा आधा रकम शालिक बनाउनका लागि लाग्ने छ ।
प्रक्षेपण गरिएभन्दा बढी सहयोग उठेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा थापाले भने–यो सबै यस प्रोजेक्टको सयोजक टिमले दाताहरूको सुझाव समेत समाबेस गरी निर्णय लिने छ । जस्तै गोरखा वेलफेयर ट्रष्ट र स्थानिय च्यारिटी यस्तै अन्य संस्थालाई दिने भन्नेमा समितिमा छलफल चलिरहेको छ ।

शालिक निर्माणमा स्थानीय रसमुर काउन्सिलले स्थान तथा मर्मतसम्भारको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापन वापत लाग्ने खर्चको जिम्मा लिएका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार १३:२७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...