back

काठमाडौंमा कस्तो घर हुनेले कति कर तिर्ने ? यस्तो छ महानगरको मुल्यांकन मापदण्ड

वि.सं.२०७७ असार १२ शुक्रवार

156 

shares
NTC AD
Global IME AD

१२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को आर्थिक विधेयकमार्फत भवनको मुल्यांकन दर निर्धारण गरेको छ । महानगरले भवनको बनावटको आधारमा भवनको मुल्यांकन दर कायम गरेको हो ।

महानगरले घरको बनौटको आधारमा मूल्यांकन फरक–फरक कायम गरेको छ । जहाँ काँचो माटोले बनेको घरको फरक र आरसीसी घरको फरक मुल्यांकन हुनेछ ।

महानगरले तोके अनुसार काँचो माटोले बनाएको घरलाई प्रति वर्गफीट १ हजार ५ सय छ भने आर.सी.सी. फ्रेम स्ट्रक्चर भवनलाई प्रति वर्गफीट २ हजार ६ सय छ । यसरी मूल्यांकन गर्दा काँचो माटोले बनाएको ३ हजार वर्गफिटमा निर्माण भएको घरको मूल्याकंन ४५ लाख रुपैयाँ हुन आउँछ भने त्यति नै क्षेत्रफलमा बनाइएको आर.सी.सी.को मूल्यांकन ७८ लाख रुपैयाँ आउनेछ ।

महानगरले भित्रबाहिर इट्टा भएको घर र प्रि फ्याब भवन तथा गोदाम भवनलाई प्रति वर्गफीट १ हजार ८ सय तोकेको छ । त्यस्तै महानगरले सिमेन्टले बनाएको इट्टा प्रयोग गरिएको घरलाई प्रति वर्गफीट २ हजार ३ सय र स्टील स्ट्रक्चर (ट्रस) भवनलाई प्रति वर्गफीट २ हजार ४ सय तोकेको छ ।

यस्तो छ मूल्यांकन दर

वि.सं.२०७७ असार १२ शुक्रवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...