back
CTIZAN AD

कोरोनाप्रतिको लापरवाहीमा जनता आक्रोश, राष्ट्रपतिविरुद्ध चप्पल प्रदर्शन

वि.सं.२०७७ असार १२ शुक्रवार

666 

shares

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को आफ्नै अभिव्यक्तिका कारण यतिबेला जनता आक्रोशित छन् । उनका विरुद्ध मानिसहरु सडकमा उत्रिएका छन् ।

उनको भनाइ र कोरोनाप्रति लापरवाहीले जनतामा असन्तुष्टि देखिएको हो । उनले  भोडका पिउँदा, ट्याक्टर चलाउँदा र स्टीम बाथले कोरोना नलाग्ने प्रतिक्रिया दिएका थिए ।’ राष्ट्रपतिको भनाईमा आएर मानिसहरूले पनि मास्क, पीपीई किटहरू डाक्टर तथा अन्य स्टाफलाई दान गरे । उनले कोरोना भाइरसप्रति गरेको लापरवाहीका विरुद्धमा जनता सडकमा उत्रिएनन् मात्र राष्ट्रपतिको विकल्पसमेत खोजेका छन् ।

व्यक्तिहरू अब ब्ल्गर सेर्गेई टिखानोव्स्कीलाई राष्ट्रपति बनाउन चाहन्छन् । लुकेशेन्कोको नीतिको विरोधमा प्रदर्शनकारीहरुसँगै सहभागी सर्गेईले राष्ट्रपतिलाई बच्चाहरूका कविता पात्रहरूको रुपमा व्यङ्ग्य गर्दै ‘कक्रोच’ भने । यसपछि, कारमा ठूलो स्लीपर राखेर विरोध गरियो ।
उनले तिखो प्रहार गर्दै भने ‘कक्रोेचहरूलाइ चप्पलले मार्नुपर्छ ।’ तर उनलाई पक्राउ गरी जेल पठाइयो । अब व्यक्तिहरू उनलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन चाहन्छन् । उनी भन्छन् ‘जब छिमेकी देश युक्रेनमा हाँस्य कलाकार बन्न सक्छ, हामीकहाँ ब्लगर राष्ट्रपति किन हुन सक्दैनन ।’

उनले भनेका छन् ‘लुकाशेन्को जनतालाई भ्रमपार्ने कुराको घोषणा र विपक्षीहरुलाई दबाउनमा माहिर छन् । उनीहरु चुनावमा अयोग्य ठहरिन्छन्, जो हारने जोखिममा छन् । ओपिनियन पोल र मेडिया पनि प्रतिबन्धित छन् । तर अब व्यक्तिहरू उहाँ विरुद्ध सडकमा उत्रिएका छन् र स्लीपर क्रान्तिसँगै ब्लगरमा ‘कक्रोच’ राष्ट्रपतिको विकल्प देख्न सकिन्छ ।’

राष्ट्रपतिको भनाईलाई त्यहाका अन्य नेताहरुले गैरजिम्मेवार अभिव्यक्ति भन्दै आलोचना गर्ने गरेका छन् । अहिलेसम्म बेलारुसमा ६० हजार बढी संक्रमित भएका छन् भने ४१४४८ जना निको भएर घर फर्किएसकेका छन् । ३६७ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्क सन् १९९४ देखि राष्ट्रपति छन् । लुकाशेन्कोले रसियाको सहयोग र चुनावी प्रतिज्ञाहरूको आधारमा चुनाव जितेका थिए ।

(एजेन्सी)

वि.सं.२०७७ असार १२ शुक्रवार १५:५२ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...