१२ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (१२ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ९६ हजार ६३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ९ हजार २० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट २ लाख ६ हजार १८७ र आरडिटी प्रविधिबाट २ लाख ९० हजार ३४९ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६,५३४ वटा पिसीआर २४८६ वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,०३० जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५१० पुगेको छ । आज खोटाङका १ जना रेडजोनमा परेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ७१ हजार २० जना रहेका छन् ।
हालसम्म नेपालमा संक्रमितको संख्या ११,७५५ पुगेको छ भने आज निको भएर ८८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २,६९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो
नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १०७ महिला र ४८६ पुरुष रहेका छन् । आज काठमाण्डौंमा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो
मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पाल्पामा ७६, दाङमा ७५, रौतहटमा ५६, डोटी ४६, कन्चनपुरमा ४२, कैलालीमा ३१, बाजुरामा २७, बैतडीमा २५, नवलपरासीमा २४, चितवनमा २२, कपिलवस्तुमा २१, प्युठानमा २०, गुल्मीमा १३, धनुषामा १३, सुर्खेतमा १२, सुनसरीमा १०, बझाङमा ९, गोर्खामा ६, सिराहामा ६, रुपन्देहीमा ६, सिन्धुलीमा ६, लम्जुङ ६, दैलेखमा ५, महोत्तरीमा ४, सल्यानमा ४, काठमाण्डौंमा ३, झापामा ३, दार्चुलामा ३, जुम्लामा ३ अर्घाखाँचीमा ३, जाजरकोटमा २, मोरङमा २, बारामा २, कास्कीमा २, अछाममा १, नुवाकोटमा १, बाग्लुङमा १, तनहुँमा १, स्याङजामा १ र मुगु १ जना गरी जम्मा ५९३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ५९३ नेपालमा कोरोना संक्रमितको संख्या कूल ११,७५५ पुगेको छ । जसमा महिला १,२४९ महिला र १०,५०६ पुरुष रहेका छन् । नेपालमा रसुवा जिल्ला बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
आज कोरोना संक्रमणबाट ८८ जना निको भए, निको हुनेको संख्या २,६९८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट निको भएर आज ८८ जना घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेमा ४० महिला र ४८ पुरुष गरी जम्मा ८८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका १ महिला र १९ पुरुष गरी २० जना, सुनसरीका १ महिला, कोभिड १९ युनिफाइड कमाण्ड बलम्बु काठमाण्डौंबाट सोलुखुम्बुका १ पुरुष, बाराका १ महिला र रौतहटका १ पुरुष संक्रमणबाट निको भएर डिस्चार्ज भएका हुन् ।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रामेछापका १ पुरुष, काठमाण्डौंका २ महिला, महिला विकास कार्यालय तम्घासको आइसोलेशनमा रहेका गुल्मीका १ महिला र १२ पुरुष गरी १३ जना, महेन्द्रमावि तम्घासबाट गुल्मीका १ महिला र ३ पुरुष गरी ४ जना, मालिका माबिबाट गुल्मीका १ पुरुष, जलेश्वर अस्पतालबाट महोत्तरीका १ महिला र २ पुरुष गरी ८ महिला डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका ८८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या २,६९८ पुगेको छ ।
आज थप १ जनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो
नेपालमा आज थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ११ गते अन्दाजी ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा तत्कालै चिकित्सहरुले मृत घोषणा गरेका थिए ।
उनको मृत्यु पश्चात कोरोना परीक्षणका लागि श्वाव संकलन गरिएको थियो । जाँचका क्रममा विहिबार उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
उनको हालसम्म पहिचान नखुलेको र उनको परिवारको खोजी भइरहेको पनि मन्त्रालयले जनाएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
वि.सं.२०७७ असार १२ शुक्रवार २०:३० मा प्रकाशित






























