back
CTIZAN AD

आज कोरोना संक्रमणबाट ४८ जना निको भए, निको हुनेको संख्या २,६९८ पुग्यो

वि.सं.२०७७ असार १२ शुक्रवार

735 

shares

१२ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको भएर आज ४८ जना घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेमा ८  महिला र ४० पुरुष गरी जम्मा ४८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका १ महिला र १९ पुरुष गरी २० जना, सुनसरीका १ महिला, कोभिड १९ युनिफाइड कमाण्ड बलम्बु काठमाण्डौंबाट सोलुखुम्बुका १ पुरुष, बाराका १ महिला र रौतहटका १ पुरुष संक्रमणबाट निको भएर डिस्चार्ज भएका हुन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रामेछापका १ पुरुष, काठमाण्डौंका २ महिला, महिला विकास कार्यालय तम्घासको आइसोलेशनमा रहेका गुल्मीका १ महिला र १२ पुरुष गरी १३ जना, महेन्द्रमावि तम्घासबाट गुल्मीका १ महिला र ३ पुरुष गरी ४ जना, मालिका माबिबाट गुल्मीका १ पुरुष, जलेश्वर अस्पतालबाट महोत्तरीका १ महिला र २ पुरुष  डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज भएका ४८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या २,६९८ पुगेको छ ।

आज ३१२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २,६५० पुग्यो

वि.सं.२०७७ असार १२ शुक्रवार १८:१४ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...