मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ । अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ । उपहार आदिमा खर्च बढ्न सक्छ । सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । सहयोग जुटे पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले व्यवहारमा सजग रहनुपर्ला ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ । स्रोत(साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्नाले थप काम गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा बोलीको भरमा कार्यसम्पादन हुनेछ । साथीभाइले साथ दिनेछन् । व्यापारमा विशेष लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। टाढिएका साथीभाइ नजिकिनेछन् । मित्रता र प्रेमको बन्धन कसिने समय छ । मिहिनेतले नाम दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको सफलताले आत्मविश्वास बढ्नेछ । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । घरमा अतिथिको आगमन हुनसक्छ । वस्त्र आभूषण जस्ता उपहार प्राप्त हुनेछन् । रमाइलो जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सानो प्रयत्नले पछिसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ । लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन् । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।
मकर 0-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ । नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ । शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला ।
वि.सं. २०७७ असार १६ मंगलवार इ.स. २०२० जुन ३०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?
वि.सं.२०७७ असार १६ मंगलवार ०७:३७ मा प्रकाशित




























