
१७ असार, काठमाडौँ । नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा हिजो बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ ।
वि
दुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल (जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको भेनर जानकारी दिए छन ।