
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन । नेकपाको स्थायी समिति बैठक जारी रहँदा प्रधानमन्त्रीले सोमबार एउटा कार्यक्रममा भारतसंग जोडेर आफ्नै पार्टीका नेताहरुलाई गम्भिर आरोप लगाए पछि सो बैठकमा बहुसंख्यक सदस्यहरुबाट ओलीको राजीनामा माग भएको थियो ।
सरकारले राम्रो काम नगरेको भन्दै आवाज बुलन्द भरहदा आफ्नै अभिब्यक्तिका कारण ओली संकटमा परेका छन् । मंगलबारको बैठकमा अधिकांस स्थायी समिति सदस्यहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमा बसिरहने नैतिकता गुमाईसकेको भन्दै राजीनामा दिन सुझाएका थिए ।
आफनै अभिव्यक्तिका कारण पार्टीको स्थायी समिति बैठकमा रक्षात्मक बनेका ओलीले अब कसरी अगाडी बढ्ने भनेर मन्त्रीहरुसंग सुझाब लिन बालुवाटार बोलाएको बुझिएको छ ।