१९ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पृष्टि भएकामा नवलपरासीपुूर्व कावासोती नगरपालिकाका ४९, २९,२४,२७, ३०, ३०, १९, ३२, २६, ४० र २२ वर्षीय ११ जना पुरुष र ४०, २६, २३ वर्षीया महिलामा संक्रमण पृष्टि भएको छ । साथै मध्यविन्दु नगरपालिकाका २४, २८, ३३ वर्षीया महिला र १० वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी तनहुँको भिमाद नगरपालिकाका २२ र ३४ वर्षीय पुरुष, ऋषिङ गाउँपालिकाका ४७, २७, २४, ३९, २४, २३ र ४३ वर्षीय पुरुष, पर्वत बिहादीका २९ वर्षीय, फलेवासका १८ वर्षीय, पैंयुका ३४ वर्षीय र जैमिनीका २१ वर्षीय पुरुष गरी आज जम्मा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३२ जनासँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०६३ पुगेको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार ०९:३७ मा प्रकाशित






























