back
CTIZAN AD

संसदको अधिवेशन हठात अन्त्य गरेर सरकारले घोर उदासीनता प्रकट गर्यो-कांग्रेस

वि.सं.२०७७ असार १९ शुक्रवार

789 

shares

१९ असार, काठमाण्डौं । नेपाली कांग्रेसले सरकारले संसदको अधिबेशन हठात रुपमा अन्त्य गरेर घोर उदासिनता प्रकट गरेको ठहर गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अबिधेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले संसदको अधिबेशन अन्त्य भएको सूचना संसदलाई दिएपछि कांग्रेसले यसमा आपत्ति जनाएको छ ।

संसद्मा महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगि अधिबेशन अन्त्य गरिनु दुःखद रहेको बताउँदै यसबारेमा प्रतिपक्षी नेपाली कांग्रेसँग कुनै परामर्श समेत नगरिएको र सूचनासमेत नदिएको बताएको छ ।

सत्तारुढ दलभित्र आफ्नो विवाद आफ्नो ठाउँमा छ तर राजनैतिक दलभित्रको दुश्प्रभाव संसद अधिबेशनमा पर्नु दुःखदमात्र होइन आपत्तिजनक छ,’‘नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौंको मृत्यु भएको र हजारौ संक्रमित भएका बेला त्यसप्रति उच्च गम्भिरताका साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावस्यक पहलकदमी जरुरी थियो । तर, अधिबेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।’

जनताको जीवन कि सत्ताको राजनीति ? भन्ने प्रश्न प्रधानमन्त्री समक्ष प्रश्न गर्दै काग्रेसले हठात रुपमा गरिएको अधिबेशनप्रति असहमति समेत जनाएको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार ०९:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...