
१९ असार, काठमाण्डौं । नेपाली कांग्रेसले सरकारले संसदको अधिबेशन हठात रुपमा अन्त्य गरेर घोर उदासिनता प्रकट गरेको ठहर गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अबिधेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले संसदको अधिबेशन अन्त्य भएको सूचना संसदलाई दिएपछि कांग्रेसले यसमा आपत्ति जनाएको छ ।
संसद्मा महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगि अधिबेशन अन्त्य गरिनु दुःखद रहेको बताउँदै यसबारेमा प्रतिपक्षी नेपाली कांग्रेसँग कुनै परामर्श समेत नगरिएको र सूचनासमेत नदिएको बताएको छ ।
सत्तारुढ दलभित्र आफ्नो विवाद आफ्नो ठाउँमा छ तर राजनैतिक दलभित्रको दुश्प्रभाव संसद अधिबेशनमा पर्नु दुःखदमात्र होइन आपत्तिजनक छ,’‘नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौंको मृत्यु भएको र हजारौ संक्रमित भएका बेला त्यसप्रति उच्च गम्भिरताका साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावस्यक पहलकदमी जरुरी थियो । तर, अधिबेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।’
जनताको जीवन कि सत्ताको राजनीति ? भन्ने प्रश्न प्रधानमन्त्री समक्ष प्रश्न गर्दै काग्रेसले हठात रुपमा गरिएको अधिबेशनप्रति असहमति समेत जनाएको छ ।