back
CTIZAN AD

आज नौवटा चार्टड विमानमार्फत् ६०० नेपाली स्वदेश फर्किए, हेर्नुहोस् कुन-कुन देशबाट आए त ?

वि.सं.२०७७ असार २१ आइतवार

726 

shares

२१ असार, काठमाण्डौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ । कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तरराष्ट्रिय उडान हुनेछन् । दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ । आइतबार पनि विभिन्न मुलुकबाट एक हजारभन्दा बढी नेपाली फर्किएका थिए । आज आन्तरिकतर्फ पनि कैलाश हेलिकप्टरको विराटनगर र एयर डाइनेष्टीको सिन्धुली उडान भएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ असार २१ आइतवार २०:५६ मा प्रकाशित

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...