back
CTIZAN AD

देशभक्त आवाजको नेतृत्वमा दिल्लीबाट ६ नेपाली महिलाको उद्दार

वि.सं.२०७७ असार २१ आइतवार

903 

shares

नेपाली देशभक्त आवाजले बेचिन लागेका ६ नेपाली महिलाको दिल्लीबाट उद्धार गरिएको छ । खाडी देशमा अवैध रुपमा लैजान लागेका उनीहरुलाई नेपाली देशभक्त आवाजको नेतृत्वमा उद्दार गरिएको हो ।

यसभन्दा पहिले पनि २९ जनाको उद्दार गरिसकेको संस्थाका संस्थापक बाबु रोका मगरले बताएका छन ।

इराक, कुवेत अनि साउदी जस्ता गल्फ देशहरुमा राम्रो काम लगाइदिने भन्दै लालच दिदै नेपाली दलालहरुले मोरङ र पर्वतका सिधासादा ६ जना नेपाली चेलिहरुलाई नेपालका विभिन्न जिल्लाबाट पासआउट गर्दै नेपालगन्ज सिमा नाकाबाट भारतको राजधानी दिल्ली स्थित बुराडीको एउटा घरमा बिगत ४ महिना देखि बन्धक बनाइ राखिएको थियो ।

उनीहरुलाई पेटभरि खानापिना र बिरामी हुँदा औषधि समेत नदिइ बन्धक बनाइ राखेको सूचना सुभयात्रा ट्राभल्समार्फत नेपाली देशभक्त आवाजलाई जानकारी आइसकेपछी संस्थाका उद्दारकर्मिहरुको टिम तुरुन्तै उनीहरुको उद्दारको लागि जुटेको थियो ।

३०/०६/२०२० को दिन राती १० बजे उक्त स्थानमा पुगी सकुशल उद्दार गरि ३/७/२०२० को दिन नेपालस्थित कपिलवस्तुको कृष्णनगरमा रहेको शान्ति पुनर्स्थापना गृहका इन्चार्ज भूमिराज भट्टराईसंग समन्वय गरि कपिलवस्तुका नेपाल प्रहरीका इन्स्पेक्टर प्रताप पौडेल र PRC कि प्रतिनिधि निशा पन्थी पत्रकार मिडियाकर्मीहरुको माझ PRC लाई बुझाइएको थियो ।

देशभक्त आवाजले भारत प्रवासमा र स्वदेशमा निःस्वार्थ भावनाले देश र जनताहरुका हक हितका लागि काम गर्दै आएको छ ।

बिगत केही वर्षदेखि चेलीबेटी बेचबिखन विरुद्धमा सक्रिय भएर आवाज उठाइरहेको प्रवासी आवाजले प्रवासमा बेचिएका चेलिबेटीहरुको उद्दार गर्ने, दुःख पिडामा परेका नेपालीहरुको सहयोगमा जुट्ने, खेल र खेलाडिहरुको सम्मान गर्दै उनिहरुलाई अघि बढ्न सहयोग पुर्याउने नेपाली कला संस्कृतिको जगेर्ना गर्दै आएको छ ।

त्यस्तै विश्वसामु नेपाललाई चिनाउने कार्यक्रमहरु गर्ने, लागुपदार्थ नशा मुक्ती अभियानमा जनचेतना संदेश दिने, देश बचाउने र सिमा मिच्ने बिरुद्ध आवाज उठाउने र कार्वाही गर्ने अन्याय अत्याचार र भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आएको छ ।

यस्ता घटनाहरु दिल्लीमा धेरै हुँदै आएको र दलालहरुले गरिबी र अशिक्षा को फाइदा उठाइरहेका छन सचेत रहनको लागी प्रवासमा नेपाली देशभक्त आवाजले बारम्बार जानकारी पनि गराउदै आएको छ तरपनी यो मानव तस्करीमा रुकावट नआउनुमा सिमा सुरक्षा र NGO हरुको निगरानीमा कमि देखिएको छ । यसमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण, देशभक्त आवाजले भनेको छ ।

वि.सं.२०७७ असार २१ आइतवार २१:३२ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...