back

हिटलर, मुसोलिनी र ओली

वि.सं.२०७७ असार २२ सोमवार

348 

shares
NTC AD
Global IME AD

यतिबेला एकैसाथ हिटलर, मुसोलिनी र केपी ओलीको याद आयो ।

सन् १८८९ को अप्रिल २० मा अष्ट्रो—हङ्गेरीको गरिब परिवारमा जन्मिएका हिटलर सन् १९१३ मा जर्मनीमा आएका थिए । जर्मनी सेनामा भर्ती भएर प्रथम विश्वयुद्ध लडेका यिनी सन् १९१९ मा जर्मनीको मजदुर पार्टी (जर्मन वर्कस पार्टी – डिएपी)मा आवद्ध भए । सन् १९२१ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नेशनल सोशलिस्ट जर्मन वर्कस पार्टी – नाजी पार्टी)को नेतृत्व प्राप्त गरेका उनले भर्सेलिजको सन्धिको तीव्र विरोध गर्दै उनले १९२३ मा जर्मनको सत्ता कब्जाको असफल प्रयास गरे ।

यस विद्रोहको दौरानमा जेल परेका उनले जेलभित्रै ‘मेरो सङ्घर्ष (माई स्ट्रगल)को प्रथम खण्ड लेखे र सन् १९२४ मा जेलमुक्त भएपछि प्रकाशित गरे । यसबाट जर्मनहरुको मस्तिष्कमा राष्ट्रवादको पुनरावृत्त गराउन सफल भएका यिनी भर्सेलिजको सन्धिको तीव्र विरोध गर्दै जर्मन जातिको राष्ट्रवादी नेता बन्न पुगे ।

सन् १९३२ मा भएको जर्मनको संंसदीय निर्वाचनमा नाजी पार्टीले धेरै सिटमा जीत हासिल गर्याे र सन् १९३३ को जनवरी ३० मा हिटलर जर्मनको चान्सलर बने । यसपछि स्वेच्छाचारी तानाशाही शासन चलाउँदै हिटलरले जर्मनका अरु राजनीतिक पार्टीहरुमाथि मात्रै हैन कि आफ्नै पार्टीका विपक्षीहरुमाथि अत्याचार गर्न सुरु गरे । निरङ्कुश शासनलाई निरन्तरता दिंदै सन् १९३९ मा दोस्रो विश्वयुद्धको प्रारम्भ यिनैले गरे यस युद्धमा पराजित भएपछि सन् १९४५ को अप्रिल ३० मा आत्महत्याको बाटो आफ्नैले रोजे ।


सन् १९३२ मा भएको जर्मनको संंसदीय निर्वाचनमा नाजी पार्टीले धेरै सिटमा जीत हासिल गर्याे र सन् १९३३ को जनवरी ३० मा यिनी जर्मनको चान्सलर बने । यसपछि स्वेच्छाचारी तानाशाही शासन चलाउँदै यिनले जर्मनका अरु राजनीतिक पार्टीहरुमाथि मात्रै नभई आफ्नै पार्टीका विपक्षीहरुमाथि अत्याचार गर्न सुरु गरे । निरङ्कुश शासनलाई निरन्तरता दिंदै सन् १९३९ मा दोस्रो विश्वयुद्धको प्रारम्भ यिनैले गरे । यस युद्धमा पराजित भएपछि सन् १९४५ को अप्रिल ३० मा आत्महत्याको बाटो आफैले रोजे ।

उता बेनिटो मुसोलिनी थिए इटालीमा । इटालीकै दोवियामा एक समाजवादी परिवारमा सन् १८८३ को जुलाई २९ मा जन्मिएका । फ्रेडरिक नित्सेदेखि कार्ल मार्क्ससम्मका दार्शनिक तथा राजनीतिक सिद्धान्तको गहिरो अध्ययन गरेका यिनी सन् १९११ मा इटालीमा भएको जनविद्रोहमा सहभागी भए । चर्चित समाजवादी चिन्तक र नेताको पहिचान बनाएका यिनी सन् १९१२ मा इटालीको समाजवादी पार्टी (इटालियन सोशलिस्ट पार्टी – पिएआई)को राष्ट्रिय निर्देशक बने ।

सत्ता लिप्सा र अवसरको खोजीमा भौंतारिरहेका यिनी इटालीको शाही सेनामा भर्ती हुन पुगे । प्रथम विश्वयुद्ध लडे । सन् १९१९ को मार्च २३ मा फासिस्ट पार्टीको स्थापना गरेर सत्ता प्राप्तिको निम्ति सशस्त्र सङ्घर्षको थालनी गरेका यिनी सन् १९२२ को अक्टोबरमा इटालीको प्रधानमन्त्रीमा नियुक्त भए । ‘इटाली पहिले (इटली इन फस्ट)’को नारा दिएर यिनले गुप्त र खुला रुपमा देशका राजनीतिक पार्टी संगठनहरुमाथि दमन अभियान चलाए । यही अभियानमा सफलता प्राप्त गरेपछि यिनी सन् १९२० को दशकमै इटालीको शासन सत्तालाई पूर्णरुपले आफ्नाे मुठीमा लिन सफल भए ।

सन् १९२९ मा भएको इटालीको संसदको निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरेपछि यिनले विस्तारै आफुलाई संविधान र कानूनभन्दा माथि रहेको घोषणा गरे र निर्वाचन प्रणालीलाई ध्वस्त बनाए । यसपछि तानाशाही शासन चलाउँदै यिनी जर्मनसँग संयुक्त मोर्चा बनाउन पुगे । र, दोस्रो विश्वयुद्धमा होमिए । यस युद्धमा पराजित भएपछि यिनी सन् १९४५ को अप्रिल २८ मा आफ्नै नागरिकबाट मारिए ।

यता नेपालमा ओली

यता नेपालमा ओली छन् सन् १९५२ को फेब्रुअरी २२ मा तेह्रथुम जिल्लाको आठराईमा जन्मिएका । प्राथमिक तहसम्मको शिक्षा आठराईमै हासिल गरेपछि परिवारका अरु सदस्यसँगै झापा जिल्लामा बसाईँ सरेका । झापामा आई बसेपछि दमकको हिमालयन माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेका यिनी सन् १९७० को फेब्रुअरीमा नेपालको कम्युनिष्ट पार्टीमा आबद्ध हुन पुगे र सन् १९७२ मा झापा विद्रोह (वर्गशत्रु खतम अभियान)मा सहभागी भए ।

यस अभियानको असफलतासँगै सन् १९७३ मा पक्राउ परेर यिनी व्यक्ति हत्याको आरोपमा जेल हालिए । अर्कोतर्फ, जेल तोडेर बाहिर निस्किएका झापा विद्रोहका सहभागी र जेल बाहिर रहेका त्यही विद्रोही धारका नेता तथा कार्यकर्ताहरुले आफ्नै अथक मिहनेत, पसिना बगाएर नेपालको कम्युनिष्ट आन्दोलनको प्रभाशाली धारको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माले) को देशव्यापी सञ्जाल तयार पारे । उता जेलमा रहेका ओलीले अंग्रेजी र हिन्दी भाषाका धेरै शब्दहरु कण्डस्थ पारे ।

लगातारको १४ वर्ष लामो जेल बसाईपछि ओली सन् १९८७ मा जेल मुक्त भए । जेलको लामो बसाईले ओलीलाई माले पार्टीको केन्द्रीय समितिमा समावेश गर्यो । अरु संसदवादी कम्युनिष्ट पार्टीहरु र माले पार्टीकोबीचमा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो र यसपार्टीको महासचिव मदन भण्डारी भए । सन् १९९१ को संसदीय निर्वाचनमा ओली झापा जिल्लाबाट संसद सदस्यमा निर्वाचित भए ।


लगातारको १४ वर्ष लामो जेल बसाईपछि ओली सन् १९८७ मा जेल मुक्त भए । जेलको लामो बसाईले ओलीलाई माले पार्टीको केन्द्रीय समितिमा समावेश गर्यो । सन् १९९० मा पञ्चायत विरोधी आन्दोलनमा सहभागी भए र देशमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको स्थापना भयो । अरु संसदवादी कम्युनिष्ट पार्टीहरु र माले पार्टीकोबीचमा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो र यसपार्टीको महासचीव मदन भण्डारी भए । सन् १९९१ को संसदीय निर्वाचनमा ओली झापा जिल्लाबाट संसद सदस्यमा निर्वाचित भए ।

निर्वाचनमा नेपाली कांग्रेस पार्टीले बहुमत सिटमा जीत हासिल गर्यो र यस पार्टीका नेता गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री बने । नेकपा (एमाले) प्रमुख प्रतिपक्षको हैसियतमा रह्यो र मदन भण्डारी यस पार्टीको संसदीय दलको नेता चुनिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गएको बखत महाकाली नदीको जल उपयोगसम्बन्धि टनकपुर सम्झौता गरेर आए । त्यो सम्झौता राष्ट्र हित विपरित भएको भन्दै मदन भण्डारीको नेतृत्वमा नेकपा एमालेले सदन र सडक दुवैतिरबाट आन्दोलन चर्कायो । मूलतः यही कारणले सन् १९९३ को मई १६ मा चितवनको दासढुङ्गामा मदन भण्डारीको कार दुर्घटना गराएर हत्या गरियो । हत्यारालाई कारवाहीको माग गर्दै त्यतिबेला एमालेले देशव्यापी रुपमा आन्दोलन चर्कायो ।

सन् १९९५ को सेप्टेम्बरमा नेपाली कांग्रेस पार्टीका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री भए । प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणका गएका देउवाले सन् १९९६ को फेब्रुअरीमा महकाली नदीको जलउपयोग बारे सम्झौता गरे । नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै देशव्यापी रुपमा यस सम्झौताको विरोध भयो । यस सन्धिलाई लिएर एमाले पार्टीभित्र पनि समर्थन र विरोधको लहर सिर्जना भयो । यो महाकाली सन्धि राष्ट्र हितमा भएको र वार्षिक रुपमा अरबौं रुपैयाँ नेपालले प्राप्त गर्ने र त्यसरी आएको पैसाले नेपाल विकसित र सम्पन्न हुने हुँदा यसलाई जसरी पनि संसदबाट पारित गराउनुपर्छ भन्दै यिनै केपी ओली राष्ट्रघाती सन्धिको पक्षमा उभिए ।

हालसम्म न महाकाली सन्धि कार्यान्वयन भयो, न त ओलीले उतिबेला भनेजस्तै नेपालले यस सम्झौताबाट वार्षिक रुपमा एक पैसा प्राप्त गर्न सक्यो । आखिर भारतको उद्देश्य त्यहाँ बाँध बाँधेर नेपाललाई पानी र विजुली उपलब्ध गराउनुको सट्टा सिङ्गो महाकाली नदीको पानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गर्नु थियो । र  उसले त्यही गर्यो ।


टनकपुर सम्झौताभन्दा कयौं गुणा बढी राष्ट्रहित विपरित रहेको यो सन्धिलाई पारित गर्नु हुँदैन भन्ने आफ्नै पार्टीका नेताहरुलाई किनारा लगाउने कार्यमा ओली कम्मर कसेर लागे । आखिर ओलीकै नेतृत्वमा एमालेका बहुमत सांसदहरुले टनकपुर सन्धिको पक्षमा मतदान गरेर सन्धि अनुमोदन गराए । महाकाली नदीको मुहान स्पष्ट नगरी गरिएको यही महाकाली सन्धिले कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमिमाथिको भारतीय दाबीलाई बल पुर्याउने अधार तयार गर्यो र यही प्रकरणमा एमाले पार्टी विभाजन भयो । हालसम्म न महाकाली सन्धि कार्यान्वयन भयो, न त ओलीले उतिबेला भनेजस्तै नेपालले यस सम्झौताबाट वार्षिक रुपमा एक पैसा प्राप्त गर्न सक्यो । आखिर भारतको उद्देश्य त्यहाँ बाँध बाँधेर नेपाललाई पनि पानी र बिजुली उपलब्ध गराउनुको सट्टा सिङ्गो महाकाली नदीको पानीमाथि आफ्नो पूर्णनियन्त्रण कायम गर्नु थियो । र गर्यो पनि।

माओवादी जनयुद्धको विरुद्धमा सबैभन्दा अग्रमोर्चामा ओली नै देखा परेका थिए । भ्रष्टाचार र कुकृत्यबाट करोडौं सम्पत्तिका मालिक बनेका ओली भ्रष्टाचारी र दलाल पूँजीपति वर्गको हितगर्ने शासन व्यवस्थाको अन्त्यको लक्ष्य लिएको जनयुद्धको राजनीतिक लक्ष्य र उद्देश्यप्रति ओलीको सदभाव हुनसक्ने छाती नै थिएन ।

शान्ति वार्ताको प्रक्रियामार्फत देशमा राजनीतिक व्यवस्थाको परिवर्तन गर्ने प्रयासमा सँधैभरि विरोधका स्वरहरु उरालिरहेका ओली गणतन्त्र र संविधान सभाको निर्वाचनको मागमा विरोध गर्दै संवैधानिक राजतन्त्रका कट्टर समर्थक रहेका थिए । नेकपा (एमाले)सहित सात दल र माओवादी पार्टीबीचमा भएको राजतन्त्र विरोधी गणतान्त्रिक आन्दोलनको विरुद्धमा भएको १२ बूँदे समझदारीको सर्वाधिक विरोधी रहेका ओलीले देशमा भएको २०६२/६३ को १९ दिने गणतान्त्रिक आन्दोलनको विरुद्धमा उभिएर ‘यो आन्दोलन सफल हुनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भन्थे ।

नेपालमा यतिबेला अमेरिकालाई राजनीति अस्थिरता र आन्तरिक राजनीतिक द्वन्द्व चाहिएको छ । कम्युनिष्टहरुको बाहुल्यता रहेको नेपालको संसदबाट सहज किसिमले एमसीसी सम्झौता पारित नभएपछि अहिलेको सत्तासिन पार्टीलाई विघटन गर्नु उसको पहिलो रुची देखिएको छ । नेपालमा अमेरिका सामरिक रुपले उपस्थित हुनु भनेको भारतले आफ्नो निम्ति सर्वाधिक अनिष्टको रुपमा लिएको छ र उ नेपालको राजनीतिमा स्थायित्व कायम रहोस् भन्ने चाहन्छ ।


अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वको चुरो

अमेरिकाको निम्ति दक्षिण एसियाको सामरिक रणनीतिको प्राथमिकतामा नपरेको हुँदा वि. सं. २०७२ सालसम्म अमेरिकाले नेपाललाई भारतको दृष्टिकोणले हेरेको थियो । चीनसँगको आर्थिक तथा सामरिक द्वन्द्व पेचिलो बन्दै आएपछि वि. सं. २०७२ पछि आफ्ना आँखाले हेर्न थालेको हो । भारतमार्फत परिचालन गरेका आफ्ना नेपाली पात्रहरुलाई ऊ यतिबेला आफैं परिचालन गर्ने स्तरमा देखापरेको छ । चीनसँग सामरिक रुपले नै सिधा-सिधा टकरावको स्थिति देखा परेपछि नेपाललाई आफ्नाे सुरक्षा बेस बनाउनको निम्ति उचित वातावरण तयार गर्न एमसीसीमार्फत आफ्ना नेपाली प्रतिनिधिहरुलाई भारत विरोधीको जामा पहिराइदिएर रङ्गमञ्चमा उभ्याइरहेको छ ।

नेपालमा यतिबेला अमेरिकालाई राजनीति अस्थिरता र आन्तरिक राजनीतिक द्वन्द्व चाहिएको छ । कम्युनिष्टहरुको बाहुल्यता रहेको नेपालको संसदबाट सहज किसिमले एमसीसी सम्झौता पारित नभएपछि अहिलेको सत्तासिन पार्टीलाई विघटन गर्नु उसको पहिलो रुची देखिएको छ । नेपालमा अमेरिका सामरिक रुपले उपस्थित हुनु भनेको भारतले आफ्नो निम्ति सर्वाधिक अनिष्टको रुपमा लिएको छ र उ नेपालको राजनीतिमा स्थायित्व कायम रहोस् भन्ने चाहन्छ ।

नेपालकै भूमि प्रयोग गरेर सन् १९६० को दशकमा अमेरिकाले उचालेको खम्पा विद्रोहलाई भारतले राम्रोसँग हेक्कामा लिएको छ । आगामी ४० वा ५० वर्षमा भारत विश्वको प्रथम महाशक्ति बन्ने दिशामा लम्किएको र चीन त निकट भविष्यमै अमेरिकालाई उछिन्न सफल हुने पूर्वानुमानले अत्याधिक भयाक्रान्त बनेको अमेरिकाको निम्ति पहिले चीनलाई र त्यसपछि भारतलाई टुक्राटुक्रा बनाउनु आवश्यक छ । सोभियत संघलाई टुक्रा टुक्रा नबनाएसम्म आफु विश्व महाशक्ति बन्न सकिंदैन भन्ने कुरा बुझेर ओरिकाले सन् १९८० देखि यसलाई टुक्राटुक्रा बनाउने अभियानमा जुटेर सन् १९९० को प्रारम्भसम्म पुग्दा सफलता प्राप्त गरेकाे थियाे ।

बाह्य रुपमा आफ्ना सबै छिमेकी मुलुकहरुसँग सुमधुरसम्बन्ध नभएको भारतले करिब आधा शताब्दीदेखि सशस्त्र कम्युनिष्ट आन्दोलन बेहोरिरहेको छ भने काश्मिर र उत्तर–पूर्वी भेगका प्रान्तहरुमा दशकौंदेखि चलिरहेका जातीय तथा राष्ट्रिय मुक्तिको निम्ति सशस्त्र आन्दोलन पनि बेहोरिरहेको छ । यी आन्दोलनलाई भारतले सैन्यबल र अर्धसैन्य बलको माध्यमबाट कुल्चदै आइरहेको छ । यस आवस्थामा यिनै आन्दोलनरत पक्षलाई मद्दत पुर्याउने र प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारको वकालत गर्दै काश्मिर र उत्तर–पूर्वी क्षेत्र भारतबाट अलग गर्ने नीति अमेरिकाले लिने छ भन्ने कुरा भारतले हेक्का राखिरहेकै छ ।

दासढुङ्गा हत्याकाण्ड र त्यसको लाभ–हानीको जानकार र पारखी बनेका ओली अमेरिकी आदेश र स्वार्थभन्दा बाहिर रहने सक्ने अवस्था नै छैन । अमेरिकी चाहना र स्वार्थको विपरित पार्टी उभिएपछि उनलाई पार्टीका विधि, प्रक्रिया, मूल्य, मान्यता र चुनावी घोषणापत्र मसान घाटको कात्रोसमान बन्नु स्वभाविकै हो । आफ्नै पूर्व पार्टीको बहुसङ्ख्यक नेता कार्यकर्ता कार्यशैली र प्रवृत्तिका विरुद्ध उभिएपछि उनी आफ्ना विश्वासपात्रहरु मार्फत प्रचण्डको विरुद्धमा विष बवन गरिरहेका छन् ।


तसर्थ यतिबेला चीनसँगको बढ्दो सीमा विवादको कारणले भारत नेपालको राजनीतिमा बढ्दो अमेरिकी प्रभावलाई चुनौती दिन सक्ने अवस्थामै छैन । जसरी भारतले लगाएको नाकाबन्दीको विरोध गरेर चीनसँग पारवहन सन्धि गरेका ओलीलाई त्यसको कार्यान्वयनको निम्ति प्रोटोकल लगायतका आवश्यक कुराहरु पूरा गर्न जसरी मन लागिरहेको छैन, त्यसरी नै उनलाई नक्सामा समेटिएको नेपाली जमिनमाथि नेपालको शासकीय अधिकार स्थापित गर्नु छैन । भारतलाई सत्तोसराप गरेपछि भारतसँग वार्तामा बस्नु पर्दैन र वार्तामा बस्न नपरेपछि कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन पनि पर्दैन । अमेरिकाकै योजनामा र बलमा ओली भारतको विरुद्धमा बोल्न सकेका हुन् भन्ने कुरा कुटनीतिको साधारण सिद्धान्त बुझेको मानिसले सहजै अनुमान गर्न सक्दछ ।

दासढुङ्गा हत्याकाण्ड र त्यसको लाभ–हानीको जानकार र पारखी बनेका ओली अमेरिकी आदेश र स्वार्थभन्दा बाहिर रहने सक्ने अवस्था नै छैन । अमेरिकी चाहना र स्वार्थको विपरित पार्टी उभिएपछि उनलाई पार्टीका विधि, प्रक्रिया, मूल्य, मान्यता र चुनावी घोषणापत्र मसान घाटको कात्रो समान बन्नु स्वभाविकै हो । आफ्नै पूर्व पार्टीको बहुसङ्ख्यक नेता कार्यकर्ता कार्यशैली र प्रवृत्तिका विरुद्ध उभिएपछि उनी आफ्ना विश्वासपात्रहरु मार्फत प्रचण्डको विरुद्धमा विष बमन गरिरहेका छन् ।

प्रचण्डको राजनीतिक इतिहासले पुष्टि गरेको कुरा के हो भने, उनी माक्र्स, लेलिन, स्टालिन, माओ र चेग्वेभाराले परिकल्पना गरेजस्तो कम्युनिष्ट अवश्य पनि होइनन्, उनी आफ्ना छिमेकी मुलुक र टाढाका मित्र देशहरुका पनि स्थायी विरोधी होइनन् । राजनीतिमा मात्र होइन, कुटनीतिले पनि कुनै पनि मुलुक कुनै अर्को मुलुकको स्थायी शत्रु हुन्छ भन्ने कुरामा विश्वास गर्दैन । हरेक देशका आपसी सम्बन्धको निर्धारक तत्व भनेकै ती देशका राष्ट्रिय स्वार्थ हुन । प्रचण्ड राष्ट्रिय स्वार्थप्रति इमान्दार छन् । तर प्रचण्डलाई ढाल बनाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने र त्यही जनयुद्धको जगमा स्थापित भएको गणतन्त्रलाई गर्वकासाथ उपभोग गर्ने कुरा विलकुल अनैतिक कुरा हो ।

देशले सैन्य शक्तिको प्रयोग गरेर आफ्नो जमिनमा बसेका भारतीय सेनालाई हटाउन नसक्ने र यसको निम्ति उपयुक्त विकल्प भनेकै आपसी कुटनीतिक तथा उच्च स्तरीय वार्ता मात्रै भएको हुँदा ओलीले नबुझेको कुरै थिएन । भारतको विरोध गरेर एक नम्बरको राष्ट्रवादी भएको अभिनय गरिरहेका केपी ओलीले करिब ५० अर्ब रुपैयाँमा देश अमेरिकालाई जिम्मा लगाउन एमसीसी सम्झौतालाई जसरी पनि संसदबाट पारित गर्न मरिहत्ते गरिरहेका छन् । उनले यसको निम्ति सबैभन्दा पहिले आफ्नै पार्टी फुटाउनु उनको प्राथमिक शर्त बन्दै आएको प्रष्ट देखिन्छ ।


सामरिक रणनीतिक उद्देश्यले अमेरिकाले अघि सारेका एमसीसीसम्बन्धी सम्झौता नेपालको विद्यमान संविधान, परराष्ट्र नीति र राष्ट्र हितको प्रतिकूल रहेको ठहर पार्टीका बहुमत नेता कार्यकर्ताहरुले गरेपछि पनि ओली जसरी भएपनि यस सम्झौतालाई ससदबाट अनुमोदन गराउन अड्डी कसेर लागे । आफ्नै मन्त्री परिषदका आफु निकटका मन्त्रीहरुले गरेका करोडौंका भ्रष्टाचारको रक्षा कवच भएर उभिए । पार्टीको सबै तहका कमिटीहरुमा अल्पमतमा परेका ओलीले आफ्ना वैचारिक र कार्यशैलीगत कमजोरी सच्याउँदै पार्टी एकतालाई बलियो बनाउने र सरकारको कामलाई पार्टीको घोषित नीति तथा कार्यक्रममा केन्द्रित गरी समावाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माणको जग बसाल्नुको सट्टा भ्रष्टाचारी, कमिसनखोर र दलाल पूँजीपति वर्गको रक्षालाई नै आफ्नाे परम कर्तव्य ठाने ।

सिंङ्गो राष्ट्र विधि र पद्दतिको पक्षमा र एमसीसी सम्झौताको विपक्षमा आन्दोलित भइरहेको बेला सन् १९६० कै दशकदेखि भारतले बलजफ्ती हड्पेर बसेको कालापानी र लिम्पियाधुरा क्षेत्रको जमिनलाई पार्टीकै दबावमा आफ्ना देशको नक्सामा समावेश गरेर नक्सा प्रकाशित गरेका ओली भारतलाई तथानाम गाली गर्दै उच्च तहको वार्ताको वातावरण बिगार्न उफ्रिरहे । देशले सैन्य शक्तिको प्रयोग गरेर आफ्नो जमिनमा बसेका भारतीय सेनालाई हटाउन नसक्ने र यसको निम्ति उपयुक्त विकल्प भनेकै आपसी कुटनीतिक तथा उच्च स्तरीय वार्ता मात्रै भएको हुँदा उनले नबुझेको कुरै थिएन । भारतको विरोध गरेर एक नम्बरको राष्ट्रवादी भएको अभिनय गरिरहेका केपी ओलीले करिब ५० अर्ब रुपैयाँमा देश अमेरिकालाई जिम्मा लगाउन एमसीसी सम्झौतालाई जसरी पनि संसदबाट पारित गर्न मरिहत्ते गरिरहेका छन् । यसको निम्ति सबैभन्दा पहिले आफ्नै पार्टी फुटाउनु उनको प्राथमिक शर्त बन्दै आएको प्रष्ट देखिन्छ ।

वि.सं.२०७७ असार २२ सोमवार १४:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...