back
CTIZAN AD

हेड्स नेपाल मकाउको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा प्रेम कुमार बिश्वकर्मा चयन

वि.सं.२०७७ असार २२ सोमवार

1.2K 

shares

‘दिलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्था हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागी साथै गाँस, बास, कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकारको प्राप्त गर्नका लागी प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापित संस्था हेड्स नेपाल मकाउँ शाखाले आफ्नो दुई बर्षिय कार्यकाल पुर्ण रुपमा सफल बनाई संस्थाको प्रथम अधिबेशन सम्पन्न गरेको हो ।

मकाउमा सम्पन्न अधिवेशनमा गैरआबासिय नेपाली संघ मकाउ, प्रबासी नेपाली एकता मञ्च मकाउ, जनसम्पर्क समिती मकाउ, गुरुङ तमु समाज मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ समाज मकाउ, हेल्पिङ्ग ह्याण्ड मकाउ, मकाउ प्रिजेन्ट, अर्न्तराष्ट्रिय महिला संघ मकाउ, १०) Macau Bodybuilding & Fittness Association, ‘Macau Overseas & Workers Association’,  का प्रतिनिधि, फोटोग्राफी प्रकाश सिङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हेड्स नेपाल मकाउ शाखाका निवर्तमान अध्यक्ष साथै अधिवेशनका सभाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य गर्दै आफ्नो कार्यकालमा भएका काम र त्यसले समाजमा पारेको प्रभावका बारेमा प्रष्ट्याएका थिए । अधिबेशनले आगामी कार्यकालका लागी अध्यक्ष पदमा सर्बसहमतिमा प्रेम कुमार बिश्वकर्मालाई चयन गरेको छ ।

गैरआवासिय नेपाली संघ मकाउका मानार्थ सदस्य, जनसम्पर्क समिती मकाउका पुर्ब सभापती एबम् समाजसेवी सुदर्शन थापा मगर, हेड्स नेपाल मकाउ शाखाका संयोजक प्रजुन कुमार अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायतका संघसंस्थाले बधाई ज्ञापनका साथै कार्य सफलताको शुभकामना दिएका थिए ।

यस्तो छ नयाँ कार्यसमिति 
अध्यक्ष : प्रेम कुमार बिश्वकर्मा
उपाध्यक्ष : चुत्र बहादुर पौडेल (ज्याक)
महासचिब : सुरेश सिंह सुनार
सचिब : मोहन सिंह पन्त
कोषाध्यक्ष : बाबुकाजी श्रेष्ठ
महिला सदस्य : सरिता लिम्बु
युवा संयोजक : नगेन्द्र बेलबासे ।

आगामी कार्यकालका लागी प्रेम कुमार बिश्वकर्माको अध्यक्षतामा सात सदस्यिय कार्यसमिती गठन गरेसँगै संस्थाको बिशिष्ट सल्लाहकारमा सुदर्शन थापा मगरलाई मनोनित गरिएको छ भने प्रमुख सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारीलाई मनोनित गरिएको छ।

संस्थाका नवनिर्वाचित अध्यक्ष प्रेम कुमार बिश्वकर्माका अनुसार आफु मकाउमा रहेका नेपाली समाजमा परोपकारको भावना राखी सेवा र सहयोग प्रदान गर्ने साथै नेपालमा र मकाउमा अन्य सामाजिक सेवासँग सम्बन्धित रहेका संघ संस्थाहरुसंगको सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताए । साथै उनले अधिबेशनले आगामि कार्यकालमा लागि निम्न कार्यसमिती गठन गरेको समेत जानकारी गराए ।

वि.सं.२०७७ असार २२ सोमवार १४:०५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...