२४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । यसअघि पनि तीनपटक बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
नेताहरु बीच बढेको पछिल्लो विवाद व्यवस्थापन गर्न पर्याप्त गृहकार्य नभएका कारण बैठक स्थगित गर्नुपरेको नेकपा स्रोतले जनाएको छ । विवाद मिलाउन मंगलबार दिनभर दुई अध्यक्षबीच लामो छलफल भएको थियो ।
नेकपा स्थायी कमिटीको बैठक असार १० गतेबाट जारी छ ।
फाइल तस्विर
वि.सं.२०७७ असार २४ बुधवार १०:१८ मा प्रकाशित






























