
२६ असार । दक्षिण कोरियाको राजधानी सियोलका ६५ वर्षीय मेयर पार्क वोन मृत अवस्थामा भेटिएका छन् । बिहिबारदेखि हराइरहेका मेयर वोनको खोजि गर्ने क्रममा शुक्रबार बिहान प्रहरीले मृत अवस्थामा भेटेको हो ।
दुई वर्ष अगाडि सँगै काम गरेकी एक महिला सेक्रेटरीले आफूमाथि दुव्यर्वहार भनि पार्कको विरुद्धमा उजरी गरेपछि उनी तनाव रहने गरेको जनाइएको छ ।
सत्तारुढ डेमोक्रेटिक पार्टीका सदस्य रहँदै तेस्रो कार्यकाल सम्हालेका उनी आफ्नो पार्टीबाट भावी रास्ट्रपतिको दरिलो दावेदार नेता समेत रहेको एनआरएनए कोरियाका संस्थापक अध्यक्ष विनोद कुँवरले जनाएका छन् । उनले सुसाइड नोटमा अहिलेसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद परिबार र सबैमा क्षमा” भनी लेखेको पनि कुँवरले बताएका छन् ।
उनी हराएको भन्दै परिवारले बिहिबार नै प्रहरीमा रिपोर्ट हालेका थिए । उनी हराएसँगै उनको फोन बन्द रहेको थियो । पुलिस अधिकारीहरूका अनुसार मेयर पार्क रहने सियोलको सुंगबुकका छरछिमेकसँग सोधपुछ गरेको थियो भने उनको मोबाइल फोनको अन्तिम सिग्नल रहेको ठाउँ पता लगाएर खोजि भएको थियो । उनको शब घर नजिकैको एक जंगलको डिस्कोमा भेटिएको थियो ।
उनकी छोरीले बुबाको खोजीमा बेवास्ता गरिएको भन्दै पुलिसलाई आरोप समेत लगाएकी थिइन् । प्रहरीले उनको मृत्युको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।