back

न्यौपाने र धिताललाई उत्कृष्ट कृषक पुरस्कार

वि.सं.२०७७ असार २६ शुक्रवार

138 

shares
RBB AD
NTC AD

२६ असार, जुम्ला । गुठीचौर गाउँपालिकाका दुईजना कृषक पुरस्कृत भएका छन् । व्यावसायिक रुपमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरेको कृषि शाखा गुठीचौरका प्राविधिक सहायक उमेश न्यौपानेले बताए ।

पुरस्कृत हुनेमा गुठीचौर गाउँपालिका-५ धितागाउँका व्यावसायिक भैँसीपालन कृषक विष्णु धिताल र वडा नं ४ की स्याउ किसान ऐना न्यौपाने रहेका छन् । उत्कृष्ट कृषकलाई रु ११ हजार २२५ उपलब्ध गराएको हो । दुवै जनालाई गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले प्रमाणपत्रसहित नगद प्रदान गरी सम्मान गरेका हुन् ।

किसानलाई प्रोत्साहन गर्नका लागि यस्तो प्रकारको पुस्कार सरकारले गरेकोमा निकै प्रभावकारी भएको गुठीचौर गाउँपालिका प्रमुख धनप्रसाद पाण्डेले बताए । पछिल्ला समयमा किसानलाई पुरस्कृत गर्ने कार्यक्रमले उत्साहित बनाउँदै आएको छ । हरेक स्थानीय तहले यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने किसानले बताएका छन् । आफूले गरेको मिहिनेतमा गाउँपालिकाले मूल्याङ्कन गरेकोमा खुशी व्यक्त गर्दै पुस्कृत भैँसीपालक किसान विष्णु धितालले धन्यवाद ज्ञापन गरे ।
उनले सरकारले राष्ट्रि«यस्तरमा समेत आफ्नो मूल्याङ्कन गर्ने आशा गरेको बताए ।

किसान धितालका ११ वटा भैँसी दूध दिने भैँसी छन् । उनको मासिक आम्दानी रु १० लाख रहेको छ । कोरोनाका कारण लकडाउने यो दुई महिनामा भने घाटा लागेको धितालले बताए ।

त्यस्तै स्याउ किसान ऐना न्यौपाने गाउँपालिकाको राम्रो स्याउ किसान भएको गाउँपालिकाले जनाएको छ ।

स्याउ किसान उपाध्यायको वार्षिक आम्दानी रु पाँच लाख रहेको छ ।

अहिले ३०० स्याउका बिरुवा रहेका र १५० बिरुवा स्याउ फल्ने गरेको कृषि शाखाले जनाएको छ । उत्कृष्ट किसानलाई जिल्लाले पनि पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।

ती किसानमध्ये जिल्ला र प्रदेशमा पनि पुरस्कृत हुने व्यवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । रासस

वि.सं.२०७७ असार २६ शुक्रवार १२:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विद्युत् भोल्टेज प्रयाप्त नभएपछि सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ

विद्युत् भोल्टेज प्रयाप्त नभएपछि सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि...

डिडिसीद्वारा किसानको ४८ करोड भुक्तानी

डिडिसीद्वारा किसानको ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड...

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...