back
CTIZAN AD

सरिता गिरीद्वारा पार्टी र सरकारविरुद्व सर्वौच्चमा रिट, कारबाही अवैधानिक भएको जिकीर

वि.सं.२०७७ असार २८ आइतवार

819 

shares

काठमाडौं । सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशनमा परेकी सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। उनले जनता समाजवादी पार्टी र सरकारविरुद्ध रिट दायर गराएकी हुन्।

पार्टीको कारबाहीसँगै सांसदबाट निलम्बनमा परेकी उनले आइतबार सर्वौच्चमा रिट दायर गरेकी हुन् । गिरीले रिटमा सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको जिकीर गरेकी छिन् ।

लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी उनलाई जनता समाजवादी पार्टीले पार्टीको साधारण सदस्यसमेत नहुने गरि निष्काशन गरेको थियो । उनलाई पार्टीको निर्देशन विपरित संशोधन दर्ता गराइएको भन्दै निष्काशनको निर्णय गरिएको थियो ।

उनले नक्सा संशोधन छिमेकी मुलुक भारत र चीनसँग सोधेर मात्रै गर्नुपर्ने बताउँदै आएकी थिइन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि पनि उनले उक्त निर्णयविरुद्व अभिव्यक्ति दिँदै आएकी थिइन् ।

वि.सं.२०७७ असार २८ आइतवार १७:०३ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...