२८ असार, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर कारोबार परिसूचक नेप्से सामान्य अंकले बृद्धि भएको छ । आज बैंक, होटल, विकास बैंक, जल बिद्युत, र सामुहिक लगानी कोष बाहेक सबै ७ वटा कम्पनी उपसूचकको परिसूचक उकालो लागेको छ । समग्रमा परिसूचक ९.०२ अंकले बृद्धिभई १३४०.२९ अंकमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटीभ पनि झिनो अंकले उकालो लागेको छ । आज सेन्सेटिभ ०.९३ अंकले बढेर २८१.४२ अंकमा पुगेको छ ।
आज सूचिकृत मध्ये कूल १७९ कम्पनीका रु १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ रुपैंयाँ बराबरका २६ लाख ७८ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ ।
नेपाल लाईफ ईन्स्योरेन्सले सबैभन्दा धेरै रकमको कारोबार गर्यो । उसले मात्र १६ करोड ५ लाख ४१ हजार २८३ रुपैयाँ बराबरको कारोबार गर्यो भने संख्याको आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड शिर्षस्थानमा रह्यो । उसको आज २ लाख ७९ हजार ५ सय २२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सूर्योदय लघुबित्त(८८), ओमि लघुबित्त (८८), स्वरोजगार लघुबित्त (८५) लगायतका कम्पनीका लगानीकर्ताले कमाउँदा तिनाउँ मिसन डेभलोपमेन्ट बैंक (११), सोल्टी होटल (८), राधि बिद्युत कम्पनी (७) लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन ।
वि.सं.२०७७ असार २८ आइतवार १६:५० मा प्रकाशित





























