back
CTIZAN AD

जनता समाजवादी पार्टीले पायो दल एकीकरणको प्रमाणपत्र, अध्यक्ष यादवले दिए धन्यवाद

वि.सं.२०७७ असार २८ आइतवार

819 

shares

२८ असार, काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकीकरण भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र दिएको हो । उक्त प्रमाणपत्रमा जनता समाजवादी पार्टीको दल दर्ता नं १५९ रहेको छ ।

आयोगले दिएको प्रमाणपत्रमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम राजनीतिक दल एक–आपसमा एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएको’ उल्लेख छ ।

साविकका राष्ट्रिय जनता दल (राजपा) नेपाल र समाजवादी पार्टीको रुपमा छुट्टाछुट्टै दर्ता कायम रहेका दलहरु एकआपसमा एकीकरण भई ‘जनता समाजवादी पार्टी, नेपाल’ दर्ता गर्न आयोग समक्ष प्रस्ताव गरिएको सम्बन्धमा आयोगको असार २४ गते बसेको बैठकले आयोगमा रहेको दल दर्ता किताबमा अभिलेख अद्यावधिक गरी दलको प्रस्तावित झण्डा र चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

जनता समाजवादी पार्टीले दलको प्रमाणपत्र प्राप्त गरेसँगै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग, पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई बधाई एवम् शुभकामना व्यक्त गरेका छन् ।

उनले अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, शुसासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादी समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जनता समाजवादी पार्टीमा आबद्ध हुन आग्रह समेत गरेका छन् ।

वि.सं.२०७७ असार २८ आइतवार १८:०५ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...