back

आज मंगलबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७७ असार ३० मंगलवार

159 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ । आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रयत्न गरेको काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आवश्यकताका वस्तु जुटाउन पनि समय लाग्नेछ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको आम्दानी प्राप्त भए पनि लाभांश अरूलाई समेत बाँड्नुपर्ला । खर्चिलो काम गर्नुपर्ने देखिएकाले कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ । तत्काल फाइदा लिँदा पछिको लाभांश गुमाउनुपर्ला। सरसापटमा केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । प्रयत्न गर्दा पछिलाई फाइदा सञ्चय गर्न सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ । तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दुःख पाइनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिएला । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।

वि.सं. २०७७ असार ३० मंगलवार इ.स. २०२० जुलाई १४
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज सोमबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ असार ३० मंगलवार ०७:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...