
२९असार, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सर्बसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर सोमबार साँझ ५ बजे बाँडफाँड गरेको छ । बाँडफाँड भएका सेयरमा रितपूर्वक आवेदन दिएका आबेदकहरु मध्ये गोलाप्रथाको माध्यम द्वारा १४.७४ प्रतिशत आवेदकको मात्र भाग्य चम्किएको छ । कम्पनीले सर्बसाधारणका लागि ६ लाख ६१ हजार ५२० कित्ता सेयरको बिक्रि खुल्ला गरेको थियो ।
८५.२६ प्रतिशत आवेदकको हात खाली भएको छ। कूल आवेदक मध्ये ६६ हजार १५२ आवेदकले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पार्न सफल भएकाछन् । उक्त कम्पनीले यहि असार २१ गते देखि २४ गतेसम्म प्राथमिक सेयर निस्कासन गरेको थियो ।
कूल ७ लाख ७हजार ८ सय कित्ता सेयर निस्कासन गरेको यो बित्त कम्पनीको शेयर बाँडफांड तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार सो लघुवित्तको प्राथमिक कित्ता सेयरमा कूल सेयर संख्या भन्दा १७.०२ गुणा अर्थत ४ लाख ४८ हजार ६४० आबेदकले आवेदन दिएकामा रित नपुगेका ७९१ आवेकको आवेदन रद्ध भएको थियो। जस मध्ये ४ लाख ४७ हजार ८४९ आवेदन सदर भए पनि धेरै अबेदक निरास भएका छन ।