back
CTIZAN AD

संसारकै रमाईला हाम्रा प्रधानमन्त्री !

वि.सं.२०७७ असार ३० मंगलवार

816 

shares

पिएम ओलिज्यूले भानू जयन्तिमा राम, रामायण, अयोध्याको प्रसग उठाएको विषय चर्चा र विवादमा आएको छ । वास्तवमा भानुभक्तको महत्वपूर्ण योगदान रामयण उल्था गर्नुमा होइन लेख्य साहित्यमा नेपाली भाषाको प्रयोगगर्नुमा रहेको थियो । त्यसताकासम्म ज्ञानको स्रोत सस्कृत भाषाको ग्रन्थहरुलाई मानिन्थो भने संस्कृतका पण्डितहरु बोलचालको भाषामा लेख्न चाहदैनथे । ज्ञानको रहस्य सर्वसाधारणले बुझ्न हुदैन भन्ने मान्यता थियो । संस्कृतमा रहेको हिन्दु धर्मको मुल ग्रन्थ वेद, महिला र कथित तल्लो जातले छुन पनि हुदैन भनिन्थ्यो । त्यस्तो कु मत अझै पनि जीवित पाईन्छ ।

तत्कालिन समयका ज्ञानमाथिको केही जात समुदायको जब्बर सिन्डिकेटलाई तोडेर जनमानसमा लोकप्रिय पौराणिक कथा रामायणलाई नेपाली भाषामा लेखिदिनु भानुभक्तको साहसिक क्रान्तिकारी काम थियो । संस्कृत भाषामा रहेको रहस्य फंगाईदिएर ब्रह्मणहरुको शक्ति नष्ट गरेको भन्दै केही पुरेतबाजेहरुले भानुभक्तको खोईरो खनेको हामीले समेत सुनियो भने, त्यो समयमा कस्तो आक्रोस खप्नु परेको थियो होला भन्ने सबैले अनुमान गर्न सकिन्छ । भानुभक्त ईतिहासकार, पुरातत्वविद होइनन् नेपाली भाषा साहित्यको प्रारम्भिक प्रणेता हुन् । पिएमज्यूको वाकशक्ति त्यसमा केन्द्रित भईदिएको भए भानुभक्तको खास सम्मान हुन्थ्यो की !

पुराणमा उल्लेख काल्पनिक कथामा तरंगिदै बहकिनु प्रधानमन्त्रीको जिम्मेवारी थिएन । केबल केपि ओली मात्र भए त केही थिएन । जे होस् नाम होस् या बदनाम, गुमनाम नहोस् भन्ने भनाईलाई चरितार्थ गर्दै बेलाबेला तलाउमा ढुगां फ्याके जस्तो एउटा कुरा फ्याकेर देश दुनियामा चर्चाको तरगं ल्याइदिने सक्ने प्रधानमन्त्री संसारमा सायदै होलान् ।

नेपाली समाजले असल भए पनि खासै नबोल्ने भन्दा गफाडी नै सही बोलिरहने, हस्सी मजाक गर्ने रमाईलो मान्छे रुचाउंछ क्यारे !

वि.सं.२०७७ असार ३० मंगलवार १३:०४ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...