back
CTIZAN AD

जेएसएस रनिंग शिल्डको उपाधि नेपोस नर्वेलाई

वि.सं.२०७७ असार ३० मंगलवार

1.2K 

shares

३० असार, नर्वे । नेपाली जनसम्पर्क समिति नर्वेद्धारा जुलाई १२ मा आयोजित पाँचौं मैत्रिपूर्ण भलिवल प्रतियोगितामा नेपाली पोर्तुगिज समाज नर्वेले रनिङ शिल्डको उपाधी हात पारेको छ ।

ओस्लोको सोंगसभान (songsvaan)  पार्कको खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा नेपाली पोर्तुगिज सामाज ( नेपोस ) ले बिगतको जस्तै यस वर्ष पनि मेडल प्रमाणपत्र नगद र शिल्ड उपाधि हात पार्न सफल भएको हो ।

खेलको माध्यमबाट भाईचाराको सम्बन्ध बढाउनुका साथै नेपाली समुदायबीच आत्मीय सदभाव अभिबृद्धी गर्दै लैजाने उद्धेश्यले आयोजना गरिएको उक्त मैत्रीपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको हो ।

नेपाली काग्रेसका पूर्वमहाधिबेशन प्रतिनिधि दिपक बहादुर शाहीको प्रमुख आतिथ्यता, एनआरएनए नर्वेका अध्यक्ष नयन मल्लको बिशेष आतिथ्यता रहेको सो कार्यक्रममा नेपाली समाजका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा बिशिष्ठ ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वे, नेपाली जनसम्पर्क समिति, प्रबासी नेपाली एकता मंच, एभरेष्ट स्पोर्टस् क्लब, नेपाली स्टुडेन्ट कम्युनिटी इन ओस्लो, नेपाली सोसाइटी इन ओस, रेगुलर एथलेटिक्स ग्रुप अफ स्टुडेन्ट गरि ९ टिम र महिलातर्फ हेल्पिङ्ग ह्याण्ड फर नेपाल, प्रबासी नेपाली एकता मंच र नेपाली जनसम्पर्क समिति नर्वे समेत गरी ३ टिम सहित १२ टिम सहभागी थिए ।

सो खेलमा फाइनलमा पुरुष तर्फ नेजस नर्वे र नेपाली पोर्तुगिज समाज (नेपोस) तथा महिलातर्फ हेल्पिग ह्यान्ड फर नेपाल र जेएसएसबीच कडा प्रतिस्पर्धा चलेको थियो । फाइनलमा पुगेको जनसम्पर्क समिति नर्वेलाई हराउँदै नेपोस नर्वेले प्रमुख बिजेता बनि बिगतको आफ्नो बर्चस्व कायम गर्दै भलिबलमा पकड जमाएको हो । जनसम्पर्क समिति नर्वेले उपविजेतामै चित्त बुझाउनु परेको थियो
। शिल्ड नगद पुरुस्कार र प्रमाण पत्र प्राप्त गरे पश्चात नेपोसका सदस्य तथा समर्थकहरुले शिल्ड लिएर खेल मैदान परिक्रमा गर्दै बिजय उत्सव मनाएका थिए ।

त्यसैगरी महिलातर्फ बाट जेएसएस नर्वे र हेल्पिङ ह्यान्ड फर नेपालले फाइनल खेल्दा जित हेल्पिङले प्रथम स्थान हासिल गरि मेडल, शिल्ड प्रमाणपत्र र नगद हात पारेको खेल संयोजक आविष्कार बास्तोलाले जानकारी दिएका छन् ।

कार्यक्रममा आमन्त्रित सबै संस्थाका प्रतिनीधिहरु नयन मल्ल, जितेन्द्र शाही, रत्न प्रसाद सापकोटा र बिश्वास बजगाईँ, प्रो. डा.बिशाल सिटौला, अन्तराष्ट्रिय साहित्य समाजकी अध्यक्ष विष्णुमाया अधिकारी (बि.भु), जीवन बहादुर शाही, द्वारिका महर्जन, राजु अर्याल, कुमार पण्डित, तासावार खान, सालिग्राम अर्याल, कबिन्द्र ढकाल, आविष्कार बास्तोला समेतको रोहबरमा सहभागी सबैलाई क्रमसः नगद शिल्ड प्रमाणपत्र र खादा लगाई सम्मान गर्दै बिजय हुने टिमलाई हार्दिक बधाई दिएका थिए ।

 

सो प्रतियोगितामा पुरुषतर्फ नेपोसका जीवनाथ भट्टराई र महिलातर्फ जेएसएसकी बिनु राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरु दुवैले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपोसका टिमबाट सहभागी क्याप्टेन जीवनाथ (जीवन ) भट्टराई सहित टिमको उत्कृष्ट खेल प्रदर्शनबाट दर्शकहरुले निकै प्रसंसा गरेका थिए । सो मैदानमा महिला तथा बाल बालिकाहरुको बाक्लो उपस्थिति र समर्थन बाट खेलाडीहरु पनि ज्यादै उत्साहित देखिन्थे ।

 

प्रथम हुने नेपोसको टिमबाट सहभागी खेलाडीहरुमा जीवनाथ भट्टराई, महेन्द्र खड्का बबिन बि.के, भगवान शाही, पदम बहादुर शाही, धन बहादुर काउचा, नारायण सिंह थापा, र सुरेश सापकोटा र प्रेम परियार रहेका थिए भने ब्यबस्थापनमा नेपोसका युवा संयोजक राजन गौचनले टिम मेनेजरको भूमिका निभाएका थिए ।

खेलको अन्त्यमा प्रा .डा .बिशाल सिटौला, नयन मल्ल, जितेन्द्र शाहीले छोटो मन्तब्य राखेका थिए भने आयोजकको तर्फबाट सहभागी खेलाडी,संघ सस्थाका प्रतिनिधि र सहभागीहरुलाई कार्यक्रम संयोजक अविस्कार बास्तोलाले धन्यबाद दिएका थिए ।

आयोजकको तर्फबाट औपचारिक कार्यक्रम जनसम्पर्क समितिको तर्फबाट पारस मनी मिश्रले संचालन संचालन गरेका थिए । प्रतियोगितामा करिव ३५० जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ असार ३० मंगलवार १२:४१ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...