
भारतीय टेलिसिरियल ‘नागिन’ बाट चर्चा कमाएकी अभिनेत्री मोनि रोय ४ महिनादेखि आवुधावीमा फसेकी छन् । तर, उनलाई सोमबार भने लन्डन जाने मौका जुरेको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण भारत फर्किन नपाएकी उनी सोमबार आवुधावीबाटै लन्डन गएकी हुन् । उनले एक प्रोजेक्टको कामका लागि लन्डन जान लागेको इन्स्टाग्राममा लेखेकी छन् ।
चारदिनको लागि एक म्यागेजिनका लागि फोटो शुटका लागि आवधुावी गएकी उनी चार महिना आवुधावीमै रोकिएकी हुन् ।
आवुधाविमा रोकिएकी उनले भनेकी छन्, ‘मेरो प्रोजेक्ट शुटको टाइम १५ अप्रिलमा थियो । मलाई पूरै दुनिया लकडाउन हुन्छ भन्ने केही थाहा थिएन । म आवुधाविमा केवल चारदिनका लागि ल्याएको कपडासहित फसेँ ।’
मोनीको आगामी प्रोजेक्टमा आयान मुर्खजीको फिल्म ब्रह्मास्त्रमा देखिने भएकी छन् । उक्त फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका हुनेछ ।