
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आयोजनाकै इञ्जिनियर र चालक रहेको बताइएको छ ।
हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।
उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ ।
बेपत्ता भएकाकाे खोजी कार्य जारी रहेको बताइएको छ ।