काठमाडौं । पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बन्द भएको संवाद फेरि सुरु भएको छ । अध्यक्षद्वय बीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो ।
गत बुधबारदेखि दुई अध्यक्षबीच वार्ता हुन सकेको थिएन् । नेकपा स्रोतले बताएअनुसार मंगलबारको वार्तामा ठोस सहमती नभएपनि वार्ता सौहार्दपूर्णं रह्यो । जनाइएअनुसार बुधबार दुई नेताबीच पुनः छलफल हुनेछ ।
सत्तारुढ नेकपाभित्र विवाद चर्किएसँगै स्थायी कमिटी बैठक साउन २ सम्मको लागि स्थगित छ । विवाद बढ्दा शीर्ष नेताहरु बैठक नै रोकेर छलफलमा जुटेका थिए ।
गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।
वि.सं.२०७७ असार ३० मंगलवार १४:३६ मा प्रकाशित






























