back
CTIZAN AD

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर रहेकाे खुलासा

वि.सं.२०७७ असार ३० मंगलवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पार्नुभएको हो ।

ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ । बोउले भार्ड जर्जेज फेभवस्थित भवनमा सो बैंक रहेको छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।

पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाउनुभएको थियो । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ ।

ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ । बोउले भार्ड जर्जेज फेभवस्थित भवनमा सो बैंक रहेको छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।

यस्तो गतिविधि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको थियो । चिनियाँ नेताले ओलीलाई रकम दिएको जनाइएको छ । सो प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ ।चिनियाँ नेताहरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ।

डिसेम्बर २०१८मा डिजिटल एक्शन रुमको परियोजना चिनियाँ कम्पनी हुवावेइलाई बिना कुनै प्रतिस्पर्धा दिएका थिए । यो काम गर्न सक्षम नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई यो परियोजनाबाट अलग पारिएको भनिएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराका लागि यो सम्झौता गरिएको थियो । यसैगरी मे २०१९मा नेपाल टेलिकमले हङकङस्थित चाइना कम्युनिकेशन सर्भिससँग रेडियो नेटवर्क लगायतका सम्झौता गरियो । यो सम्झौता चीनको टेलिकम उपकरण बाउन कम्पनी जेडटीईसँग फोर जी सम्बन्धी सम्झौता भएको थियो । यो परियोजना १९ अर्ब नेपाली रुपैया बराबरको रहेको थियो ।

जुन महिनामा ओली सरकार विरूद्ध विद्यार्थीहरुको प्रदर्शन भएको थियो । १० अर्ब नेपाली रुपैया बराबर महामारी विरूद्ध गरिएको खर्चबारे स्पस्टीकरण दिन सो प्रदर्शनले माग गरेको थियो । ग्लोबल वाच एनालाइसिसले आफ्नो प्रतिवेदनमा स्वास्थ्यमन्त्री र ओलीका कोटरीका अन्य बरिष्ठ अधिकारीहरूले स्वास्थ्यसम्बन्धी उपकरण खरिद प्रकरणमा घुस खाएको आरोपको अनुसन्धान जारी रहेको समेत उल्लेख गरेको छ । न्युज अफ नेपालबाट

वि.सं.२०७७ असार ३० मंगलवार १५:२८ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...