
एक टेलिभिजन कार्यक्रममा चलचित्रकर्मी दीपाश्री निरौलाले राजेश हमाललाई महानायक भनेर गरिएको कुराकानीमा ‘महानायक पनि हुनुहुन्छ र ?, तपाईहरुले बनाएको हो, महानायक’ भन्ने अभिव्यक्ति दिएपछि राजेश हमालका फ्यानहरुले दीपाश्रीमाथि निरन्तर गाली बर्साइरहेका छन् ।
झण्डै २ सातालदेखि यो क्रम चलिरहेको छ । यसै सीलसीलामा राजेश हमालले एक भिडियो सन्देशमार्फत् आफ्ना फ्यानहरुलाई सकारात्मक तथा आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रियाको अपिल गरेका छन् ।
राष्ट्रका लागि, कलाक्षेत्रका लागि अनि मानवियताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धीत व्यक्तिलाई क्षमादिन समेत अपिल गरेका छन् ।