back
CTIZAN AD

नुवाकोटमा विपद् जोखिमबाट सतर्क रहन सिडियोको आग्रह

वि.सं.२०७७ असार ३१ बुधवार

936 

shares

३१ असार, काठमाडौँ । वाग्मती प्रदेश नुवाकोट जिल्लामा विपद्को जोखिम अझै कायम रहेको भन्दै आवश्यक सर्तकताका लागि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सबैसँग आग्रह गरेका छन् ।

उनले नुवाकोटका विभिन्न स्थानमा भएका प्रकोपका घटनाबाट सम्भावित जनधनको क्षति न्यूनिकरणमा खट्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरु र जनसमुदायमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

विपदको जोखिम कायमै रहेको भन्दै सतर्क रहन आग्रह गरेका प्रमुख जिल्ला अधिकारीले सञ्जालमार्फत भनेका छन् :

नुवाकोट जिल्लामा पछिल्लो मनसूनजन्य वर्षा, बाढी, पहिरो र तत्पश्चात् गरिएको खोज उद्धारसम्बन्धी कार्यहरु  :
१) मिति २०७७ आषाढ २६ गते परेको अविरल वर्षाको कारण तादी गाउँपालिका वडा नं ३ कोषकाडे खोलामा बाढी आई खोला छेउमा रहेको तुल बहादुर खड्काको घर उच्च जोखिममा रहेको जानकारी हुनासाथ इलाका प्रहरी खरानीटारबाट उद्धार टोली खटि गइ स्थानीय जनप्रतिनिधि र जनसमुदायसंगको सहयोग र समन्वयमा निजको परिवारका दुई जनालाई सोही स्थान बस्ने राधाकृष्ण अधिकारीको घरमा राखिएको छ । सो स्थानमा अन्य ४ घर जोखिममा रहेको छन् । उक्त स्थानको जोखिम न्यूनिकरण गर्न स्थानीय तहसंगको समन्वयमा मेसिनको व्यवस्था गरी खोलामा आउनसक्ने बाढीबाट आगामी दिनमा घरहरुमा हुनसक्ने जोखिम न्यूनिकरण गरिएको छ ।

२) मिति २०७७ आषाढ २६ गते परेको अबिरल बर्षाको कारण तार्केश्वर गाउंपालिका वडा १ तेस्रोगोठ बस्ने सुन्दर बहादुर तामाङको घर पछाडी पहिरो आई उच्च जोखिममा परेको जानकारी हुनासाथ प्रहरी चौकीबाट उद्धार टोली खटि गइ स्थानीय जनप्रतिनिधि र जनसमुदायसंगको सहयोग र समन्वयमा उक्त घरमा रहेका ५ जना लाई उद्धार गरी सोही स्थान बस्ने वीर बहादुर तामाङको घरमा लगि राखिएको छ ।

३) २०७७ साल आषाढ २५ गते साँझ तादी नदी तरी घर आउने क्रममा नदीले बगाइ हराइरहेका वर्ष ४० का राजेन्द्र कुमालको शव तारकेश्तावर गाउँपालिका वडा नं २ स्थित त्रिशुली नदीको वीचमा आज साँझ फेला परेकोमा प्रहरी चाौकी तारुका, जिल्ला प्रहरी कार्यालय नुवाकोट, सशस्त्र प्रहरी वल १९ नं हेडक्वाटर,नुवाकोटबाट टोली खटी गैसकैको छ। उद्धार गर्नु पर्ने स्थान कठिन भएकोले सशस्त्र प्रहरी वल विपद तालिम केन्द्रबाट वोट सहितको टोली ल्याउन समन्वय भैरहेको । उद्धार कार्य जारी ।

यसअघि पर्वत, सोलुखुम्बु, लम्जुङ लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भै महत्वपूर्ण कार्य सम्पादन गरेका ढकाल केही दिन अघि मात्र नुवाकोट जिल्ला प्रशासन सम्हाल्न पुगेका हुन् ।

वि.सं.२०७७ असार ३१ बुधवार ०८:५० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...