
३१ असार, कालिकोट । खाँडाचक्र नगरपालिका ६ का वडाअध्यक्ष जगदिश शाहीले बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडितका आफन्तले मंगलबार उनीबिरुद्ध प्रहरीमा उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत ३ वर्षदेखि वडाअध्यक्षले आफूमाथि बलात्कार गरेको बयान प्रहरी समक्ष दिएकी छन् ।
पीडित किशोरीले रुदैँ भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अंगालो हाल्ने, माया गर्ने, जस्ता व्यवहार गर्दा मैले दाइजस्तै माने । एकदिन विद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
केहिदिन अघि गाउँकै एक किशोरीले पीडित किशोरीमाथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भएलगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
आफू विरुद्ध प्रहरीमा उजुरी परेपछि वडाअध्यक्ष शाही सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।