
३१ असार । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा ७२ हजार भन्दा बढि व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ३ सय ४१ जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ७४ हजार २ सय ६२ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४३ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १९ लाख ३१ हजार २ सय ४ पुगेको छ ।