back
CTIZAN AD

गाउँपालिका अध्यक्षले लिए बजेट पढेको पारिश्रमिक २ लाख, अन्यले कति लिए त हेर्नुहोस् विवरण

वि.सं.२०७७ साउन १ बिहीवार

819 

shares

१ साउन काठमाडौँ । संसदमा बजेट पढेबापत् अर्थमन्त्रीले कति पारीश्रमिक पाउछन् ? दुई लाख, चार लाख, पाँच लाख, ६ लाख । धेरैका अनुमान छन् तर यी सब अनुमान गलत हुन् ।

बजेट पढेकै कारण अर्थमन्त्रीले कुनै रकम लिने नियम र चलन छैन । तर, उही हल्लाको भरमा स्थानीय तहका जनप्रतिनिधिले बजेट पढेबापत् ठूलो रकम लिन थालेका छन् ।

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेबापत पनि जनप्रतिनिधिले पारिश्रमिक बापत ठूलो रकम लिएका छन् । आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले दुई लाख, चन्दनाथ नगरपालिकाकी उपप्रमुख अस्पसरादेवी न्यौपानेले १ लाख पारिश्रमिक लिएको विहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यसैगरी जुम्लाकै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले ९५ हजार र पतारासी गाउँपालिकाकी उपाध्यक्ष कुन्दकली महताराले ५० हजार, लिएका छन् । कैलालीको जानकारी गाउँपालिकाले आव २०७५\०७६ को बजेट तयारी तथा बजेट वक्तव्यबापत गाउँपालिका उपाध्यक्ष उमा महतोलाई १ लाख दिएको छ ।

त्यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिकाका उपप्रमुखले ५० हजार लिएका छन् । साथै नीति तथा कार्यक्रम प्रस्तुत गरे बापत दैलेख भैरवी गाउँपालिकाले एक लाख, गुराँस गाउापलिकाले ५० हजार र डुंगेश्वर गाउँपालिकाले २५ हजार भुक्तनी गरेको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १०:१८ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...