back

गाउँपालिका अध्यक्षले लिए बजेट पढेको पारिश्रमिक २ लाख, अन्यले कति लिए त हेर्नुहोस् विवरण

वि.सं.२०७७ साउन १ बिहीवार

159 

shares
NTC AD
Global IME AD

१ साउन काठमाडौँ । संसदमा बजेट पढेबापत् अर्थमन्त्रीले कति पारीश्रमिक पाउछन् ? दुई लाख, चार लाख, पाँच लाख, ६ लाख । धेरैका अनुमान छन् तर यी सब अनुमान गलत हुन् ।

बजेट पढेकै कारण अर्थमन्त्रीले कुनै रकम लिने नियम र चलन छैन । तर, उही हल्लाको भरमा स्थानीय तहका जनप्रतिनिधिले बजेट पढेबापत् ठूलो रकम लिन थालेका छन् ।

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेबापत पनि जनप्रतिनिधिले पारिश्रमिक बापत ठूलो रकम लिएका छन् । आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले दुई लाख, चन्दनाथ नगरपालिकाकी उपप्रमुख अस्पसरादेवी न्यौपानेले १ लाख पारिश्रमिक लिएको विहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यसैगरी जुम्लाकै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले ९५ हजार र पतारासी गाउँपालिकाकी उपाध्यक्ष कुन्दकली महताराले ५० हजार, लिएका छन् । कैलालीको जानकारी गाउँपालिकाले आव २०७५\०७६ को बजेट तयारी तथा बजेट वक्तव्यबापत गाउँपालिका उपाध्यक्ष उमा महतोलाई १ लाख दिएको छ ।

त्यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिकाका उपप्रमुखले ५० हजार लिएका छन् । साथै नीति तथा कार्यक्रम प्रस्तुत गरे बापत दैलेख भैरवी गाउँपालिकाले एक लाख, गुराँस गाउापलिकाले ५० हजार र डुंगेश्वर गाउँपालिकाले २५ हजार भुक्तनी गरेको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १०:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...