back
CTIZAN AD

अफगानिस्तानका पाँच वटा सैनिक क्याम्पबाट अमेरिकी सेना फिर्ता

वि.सं.२०७७ साउन १ बिहीवार

885 

shares

१ साउन । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ । यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो । सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो ।

तालिबानको उक्त प्रस्तावमा सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको अमेरिकाले अफगानिस्तानका विभिन्न पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको हो । उक्त सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको थियो ।

सो सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानहरुका थुनुवाहरु पनि अफगानिस्तानको सरकारले रिहा गर्नुपर्ने भनिएको थियो । सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गर्नुपर्ने र अमेरिका र नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नुपर्ने बताइएको थियो ।

अमेरिकाले यहाँ रहेका सेनालाई आठ हजारको हाराहारीमा ल्याउनुपर्ने शर्त सो शान्ति सम्झौताका क्रममा राखिएको थियो । त्यसैबमोजिम अफगानिस्तानबाट सेना फिर्ता गराइएको अमेरिकी रक्षा मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने सो सम्झौतामा उल्लेख गरिएको थियो । अफगानिस्तानको सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको तालिबानका नेताहरुले गत फेब्रुअरीमा कतारमा अमेरिकासँग यस्तो सम्झौता गरेका थिए ।

अमेरिका र तालिबानबीच कतारमा गत फेब्रुअरी २९ मा सहमति भएको थियो । सो सहमतिको १३५ दिनपछि मंगलबार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेको जानकारी दिएको हो ।

वि.सं.२०७७ साउन १ बिहीवार १०:०९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...