back
CTIZAN AD

अमेरिकामा एक नेपाली युवाको मृत्यु

वि.सं.२०७७ साउन १ बिहीवार

873 

shares

१ साउन काठमाडौँ । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।  रोल्पा घर भई ४ वर्ष अगाडि डिभी परेर अमेरिका गएका उनको मंगलबार राति मृत भेटिएका थिए ।

अन्दाजी २६–२७ वर्षका रहेका उनको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । उनमा डिप्रेशनको समस्या समेत रहेको बताइएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिका सेन्ट्रल टेक्सास च्याप्टरका संयोजक समेत रहेका खड्काको अकल्पनिय मृत्युले जनसम्पर्क समिति अमेरिका मर्माहत भएको भन्दै सभापति आनन्द विष्टले दुःख व्यक्त गरेका छन् ।

‘विष्टले नेपाली जनसम्पर्क समितिको साखा विस्तारदेखि संगठनको हितमा खड्काले खेलेको भूमिका तथा योगदानको स्मरण गर्दै श्रद्धान्जलि व्यक्त गरेका छन् ।

विष्टले लेखेका छन्
नेपाली जनसम्पर्क समिती अमेरिका सेन्ट्रल टेक्सास च्याप्टरका संयोजक श्री पारस खड्काको गएराती भएको असामयिक निधनको दुःखद खबरले नेपाली जनसम्पर्क समिति अमेरिका परिवारलाई स्तब्ध बनाएको छ । दुःखको यो अकल्पनीय घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समबेदनाका साथै ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी नेपाली जनसम्पर्क समिति अमेरिका परिवार प्रार्थना गर्दछ ! नेपाली जनसम्पर्क समितिको साखा बिस्तार देखी संगठनको हितमा खेल्नु भएको योगदानको समेत स्मरण गर्दछ ।’

आनन्द बिष्ट
आ. केन्द्रिय सदस्य एबं सभापति,
नेपाली जनसम्पर्क समिति अमेरिका परिवार

वि.सं.२०७७ साउन १ बिहीवार ०९:४१ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...