back
CTIZAN AD

बेकार छ(भाग-३०)

वि.सं.२०७७ साउन १ बिहीवार

774 

shares

हाम्रो लेख बनोस् सबै मनुजको,आँखा खुलाई दिने
हाम्रो लेख बनोस् सबै सुजनमा,सद्भाव राखी लिने
हाम्रो लेखन होस् सधैं सुरसिलो,सुन्दा मिलोस् राहत
लेखेको उपयोग गर्न नसके, लेखेर बेकार छ
. (१)
हाम्रो लेख सदैव ती श्रमिकका, आऊन् बनी साधक
हाम्रो लेख अदम्य साहस बनोस् ,केही नहोस् बाधक
हाम्रो लेखनले समस्त जनको, गर्दै रहोस् स्वागत
लेखेको रचना सुरम्य नबने, लेखेर बेकार छ
. (२)
हाम्रो लेखन होस् विशुद्धरितको, होस् सत्यको पक्षमा
हाम्रो लेखनको प्रभाव चुलिँदा, मान्छे पुगून् लक्ष्यमा
लेखौँ सत्य कुरा असत्य कहिल्यैे, टिक्दैन के काम छ
कालो हुन्छ अँगार लेख्न नसके, साहित्य बेकार छ
. (३)
लेखौँ राष्ट्रिय चाहना प्रगतिको, आधारका ती कुरा
लेखौँ लेख्न सकिन्छ जे जति यहाँ,सन्मार्गका आँकुरा
लेख्दा हीन कुभाव नाम नरहोस्, उत्साहले लेख्नु छ
दम्भी सोच लिएर लेख्दछ भने, त्यो लेख बेकार छ
. (४)
लेख्दा सत्य, बिरोध आउँछ भनी, लेख्दैन छट्टू कवि
लेखी छाड्छ परन्तु अड्चन कुनै, टेर्दैन सच्चा कवि
पाखण्डीपनको गुलाम नबनौँ, बिन्ती नमस्कार छ
आफ्नो सान, विवेक कुण्ठित भए, लेखेर बेकार छ
. (५)
( छन्द-शार्दूलविक्रीडित)

वि.सं.२०७७ साउन १ बिहीवार १०:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...