काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीज नजिकिएसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम बढेको छ ।
यसैक्रममा लोक गायक साजन कुवँरको तीज गीत ‘बरी लै लै’ सार्वजनिक भएको छ । गायक कुवँर र रञ्जना भण्डारीको स्वर रहेको गीतलाई हरीप्रसाद न्यौपानेले लेखेका हुन् । गीतमा यज्ञ सापकोटाको संगीत रहेको छ ।
गीतको भिडियोमा मोडल अज्जली अधिकारी र लोक गायिका टिका सानुले कम्मर मर्काएका छन् । उनीहरुलाई मानसिंह खड्का र पवन कुमारले साथ दिएका छन् । गीत टिका सानुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतले सार्वजनिक भएको छोटै समयमा राम्रो चर्चा पाएको छ । गायक साजन कुवँरले गीतलाई राम्रो प्रतिक्रिया मिलेको बताए । युट्युवमा आएका शतप्रतिशत सकारात्मक कमेन्टले यहि क्षेत्रमा थप संघर्ष गर्न उत्प्रेरण मिलेको कुवँरले बताए ।
वि.सं.२०७७ साउन १ बिहीवार १०:५५ मा प्रकाशित






























