
२ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यहि श्रावण ५–८ गतेसम्म विभिन्न तटिय क्षेत्रमा पानीको बहाब बढ्न सक्ने हुँदा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै विभागले साउन ४ गते देखि ७ गते सम्म मनसुन न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक आउने सम्भावना रहेको हुँदा उक्त ३–४ दिनमा देशका धेरै स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।
विशेष गरी श्रावण ५ देखि ८ गतेसम्म प्रदेश १ र २ प्रदेशमा र साउन ५ देखि ७ गते सम्म प्रदेश ५ र सदुरपश्चिम क्षेत्रका नदीनालाहरुमा पानीको बहाब बढ्न सक्ने उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।