back
CTIZAN AD

अन्तर जातीय विवाह पछि ‘रुँदा रुँदै हाँसेको मान्छे’ सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०७७ साउन ३ शनिवार

1K 

shares

३ साउन । रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता(२०७२) मा दोश्रो भएको गीत सार्वजानिक भएको छ ।

गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” म्यूजिक भिडियो शुक्रबार सार्वजानिक भएको हो ।

कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराई लगायतका कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् ।

उनीहरुद्वारा अभिनित “जेल पनि सहुँला” गीतको म्यूजिक भिडियो लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले हेरेका छ । उक्त भिडियोमा दुवै जोडी वर्देवा र भट्टराईले अभिनय गरेका छन् ।

गीतकार राई लामो समय पछि आफ्नो गीत सार्वजनिक भएकोमा निक्कै गर्वको महशुस भएको बताएका छन् । उनी भन्छन् “२०७२ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा मैले सागर संसार राई लाई यो गीत दिएको थिए । त्यो गीत दोश्रो भयो तर रेकर्ड भएन । हामीले ५ वर्ष पछि रेकर्ड गरौं र त्यसको भिडियो पनि बनायौ । संयोग पनि त्यस्तै थियो Lockdown को । जेल पनि सहुँला गीतको डेढ करोड views पछि लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेको यो गीतको views मात्र बढेको छैन । TikTok मा पनि केही घण्टा मै सयौ छाएकोमा म खुशी छु र सन्तुष्ट पनि छु ।”

वि.सं.२०७७ साउन ३ शनिवार ०८:१६ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...