१४ पुस,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर कायम गरी हाल साविक गर्ने प्रयोजनका लागि घुस माग्ने नापी सर्वेक्षक गङ्गाप्रसाद साहविरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक साहले सेवाग्राहीसँग विभिन्न बहानामा रु १५ हजार घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रासस
वि.सं.२०७३ पुस १४ बिहीवार १०:५४ मा प्रकाशित