back
CTIZAN AD

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

वि.सं.२०७७ साउन ५ सोमवार

1.4K 

shares

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिनको कार्यालयलाई दिएको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको हो ।

त्रिविका रजिष्ट्रार प्रा.डा पेसल दाहालका अनुसार ७ साउनसम्म लकडाउन रहेको र त्यपसछिको अवस्था हेरेर विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने अधिकारी दिइएको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने व्यवस्था छ । वार्षिक प्रणालीका परीक्षा असोजमा लिनसक्ने दाहालले बताए । ‘परीक्षा फारम भरिसकेका विद्यार्थीको हकमा निर्णय भएको हो, फारम नभरेका विद्यार्थीको हकमा कुनै निर्णय भएको छैन ।’ उनले भने ।

अहिले सार्वजनिक यातायात समेत चल्न थालेकाले केही समय सामाजिक दूरी कायम गरेर परम्परागत रुपमै परीक्षा लिन सकिने त्रिविका पदाधिकारीको भनाई छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीषा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छन् ।

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

वि.सं.२०७७ साउन ५ सोमवार ०९:५० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...