back
CTIZAN AD

नेपाली लोकतन्त्रका अग्रतम धरोहर बीपी कोइराला

वि.सं.२०७७ साउन ६ मंगलवार

816 

shares

बीपीले आफैद्वारा आर्जित र कतिपय प्रत्युत्पन्न त्यस्ता कुनै पनि मोडमा आफ्नो गन्तब्यप्रति कदापि कसैसँग लत्रने काम गरेनन् । बरु आदर्श र अडानका खातिर जस्तोसुकै पीडा सहन र जीवन अर्पण गर्न पनि तयार भए । बीपीलाई मनन गर्न चाहनेहरुले उनका यी जीबनभरीका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सन हुँदैन ।

नेपालको आधुनिक राजनीतिक इतिहासका एक पूरोधा एवं अग्रज ब्यक्तित्व हुन् बीपी कोइराला । उनले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताको निमित्त समर्पण गरे । आफुले अबलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अबिचलित निष्ठा, त्यसप्रतिको इमानदार नैतिकता र आदर्शप्रतिको उत्सर्ग नै बीपी चिन्तन र प्रयोगका मूल आधारहरु हुन् भन्ने कुरा उनको राजनीतिक जीवन यात्राले खुलस्त पारेको छ । यद्यपि देशको अग्रागामी राजनीतिका निमित्त उनको लडाईका बेला अनेक घुम्ती र मोडहरु अबश्य आएका थिए । बिभिन्न उतार चढावहरु पनि आएका थिए । तर बीपीले आफैद्वारा आर्जित र कतिपय प्रत्युत्पन्न त्यस्ता कुनै पनि मोडमा आफ्नो गन्तब्यप्रति कदापि कसैसँग लत्रने काम गरेनन् । बरु आदर्श र अडानका खातिर जस्तोसुकै पीडा सहन र जीवन अर्पण गर्न पनि तयार भए । बीपीलाई मनन गर्न चाहनेहरुले उनका यी जीबनभरीका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सन हुदैन ।

यूवा बिपी आफ्नो यूवा बयदेखि नै लोकतन्त्रका निमित्त लड्न तयार हुदै थिए । किनभने उनका पिता कृष्णप्रसाद कोइराला नै राणा शासकहरुको कोपभाजन हुने गरेकोले बीपीले सानैदेखि राजनीतिमा लाग्ने बातावरण पाए । हुन त कतिपय मानिसहरु त्यस्तो बातावरण पाएर पनि त्यसबाट बिमुख हुने गर्दछन् र तिनले कुनै इतिहास निर्माण गर्दा पनि गर्दैनन् ।तर बीपी शुरुदेखि नै एउटा संघर्षको भावनाले ओतप्रोत भएको नेपाली समाजको अबस्थालाई फेर्न तत्पर रहेको देखिन्छन् । त्यसैले उनले बातावरण पाउनासाथ त्यो दिशामा आफ्नो अग्रसरता लिइहाले । फलत उनी राणा शासकहरुका बिरुद्ध उत्रिदै जान थाले । यसरी शुरुदेखि नै उनले कठोर यातना र काराबासको संघर्षमय जीवनको बाटो पक्रे र निरन्तर त्यसमा लागिरहे । यसरी हेर्दा बीपीलाई नेपाली यूवा समुदायको एउटा अजश्र प्रेरणाको श्रोतकोरुपमा देखिन्छ ।

सत्तामा पुगेपछि कसरी सुकिला मुकिलाहरुले त्यसलाई आफ्नो कब्जामा लिन्छन् नेतृत्व र जनताका बीचमा अबिश्वासको ठूलो खाडल पैदा गर्दछन् भन्ने कुरा पनि बीपीले सात साल पछिदेखिकै अनुभवका आधारमा राम्रोसँग बुझेका थिए । ती अमूल्य अनुभवको भण्डार रहेका बीपीको आज भने कसैले अनुसरण गर्न सकेको छैन । केवल आफ्नो स्वार्थका लागि बीपीलाई भजाउने काम मात्र भइरहेको छ । आजका लोकतन्त्रका हिमायती यूवा पिढीले यो कुरा बुझ्नु अत्यावश्यक छ, बीपीको स्मरण गरिरहँदा ।

बीपी कोइरालाको राजनीतिक जीवन यात्राका अन्तिमतिरका सारगर्भित कृतिहरु ‘जेल जर्नल’ र ‘आत्म बृत्तान्त’ पढ्दा र केलाउँदा त्यहाँ नेपाली राजनीतिक आन्दोनलको इतिहासका निकै महत्वपूर्ण र गम्भीर पक्षहरु भेटिन्छन् । जसमा आत्मसात गर्नुपर्ने अत्यन्तै मननीय कुराहरु पनि छन् । ती संघर्षका गाथाका रुपमा आएका बीपी–कृतिहरुमा अन्य महत्वपूर्ण कुराका अतिरिक्त आफ्ना राजीतिक त्रुटी कमजोरीहरु केलाउने जुन अत्यन्तै महत्वपूर्ण आत्मसमीक्षात्मक टिप्पणीहरु बीपीले गरेका छन् तिनले नेपाली जन आन्दोलनको दिशा निर्देश गर्न बस्तुबादी आधार प्रदान गर्दछन् र इतिहासलाई कहाँ कहाँ सच्याउनु पर्ने रहेछ भन्ने दिशाबोध पनि गराउँदछन् । बीपी जस्ता नेपालको राजनीतिक आकाशका एक उच्चतम ब्यक्तित्वले महसुश गरेका र मनन गरेका ती कुराहरुले आज पनि हामीलाई देश र जनताप्रति उत्तरादायी हुने राजीतिक संस्कार र सँकृतिको शिक्षा दिन्छन् । अग्रगामी परिवर्तको पक्षपोषण गर्ने र त्यस्तो परिवर्तनका लागि समपिर्त हुन चाहनेहरुका लागि बीपीका संघर्षशील जीवनका यी कम दूरगामी महत्वका कुरा होइनन् ।

बीपीले आफ्नै नेतृत्वमा चलाएको र लडेको २००७ सालको जन क्रान्ति, त्यसै क्रममा भएको ‘दिल्ली सम्झौता’, भूमिसुधार, सेनाको लोकतान्त्रिकरण, २०१७ सालको प्रतिगामी शाही कदम र त्यसका बिरुद्धको संघर्षको जस्तो किसिमले ब्याख्या बिश्लेष्ण गरेका छन् त्यसको पनि गहिराईमा पुगेर आज समीक्षा र आत्मसात गरिनु अत्याश्बश्यक छ । किनभने नेपाली जन आन्दोनलको इतिहासमा कहाँ कहाँ गल्ती कमजोरी भएका छन् र प्रतिगामी आन्तरिक र बाह्य शक्तिले क्षणिक र अस्थाईरुपमै भए पनि तिनबाट फाइदा उठाएका र जनतालाई लोकतान्त्रिक आन्दोलनबाट गुमराह गर्न सफल भएका छन् भन्ने चेत बीपीमा भरपूर रहेको देखिन्छ ।

२०१७ सालको प्रतिगामी शाही काण्ड घटाएर जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला समेत सम्पूर्ण प्रतिपक्ष अर्थात काग्रेस र कम्युनिष्टका नेता कार्यकर्ताहरुलाई जेलनेल हाल्ने, दमन गर्ने र राणाशाहीको बिकल्पमा लोकशाही होइन, शाहशाही चलाउने गतल बाटो राजा महेन्द्रले लिए त्यो उनको बर्गीय राजशी हित अनुकूल भए पनि नेपाल र नेपाली जनताको हितमा थिएन । त्यसैले राजाको नेतृत्वमा रहेको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाका बिरुद्ध आरम्भदेखि नै जनता रुष्ठ, असन्तुष्ट र संघर्षशील रहेका हुन् । त्यो वास्तवमा २००७ सालको जन क्रान्तिपछि बिश्व समक्ष खुल्ला भएको नेपाली समाज र बिकसित हुदै गएको नेपाल जनताको चेतनाकै प्रतिबिम्ब पनि थियो र हो ।

 अहिलेको पहिलो पुस्ताका धेरैजसो काग्रेसी नेताहरु त्यही सारनाथको बीपी हेडक्वाटरकै उपज हुन्भन्दा फरक पर्दैन । तर बीपीको दूरगामी चिन्तन, चरित्र र ब्यवहार अहिलेका काग्रेमा दिउसै बत्ति बालेर खोज्नुपर्ने अत्यन्तै दुःखद दारुण स्थिति छ ।

तर पञ्चायती कठोर काराबासमा परेका नेपाली काग्रेस र कम्युनिष्ट नेताहरुले आपसमा मिल्नको साटो जेलभित्रैबाट परस्पर बिरोधको राजनीति खेल्न शुरु गरे । राजाले कम्युनिष्टहरुलाई लगाउने गरेको ‘ध्वंसात्मक तत्व’ र काग्रेलाई लगाउने गरेको ‘अराष्ट्रिय तत्व’को लाञ्छनाको बहकाउमा लागेर काग्रेस र कम्युनिष्ट नेताहरु नै एक अर्काको बिरुद्ध खडा हुनु नेपाली जन आन्दोलनको त्यो पञ्चायती कालमा एउटा बिडम्बनापूर्ण र हास्यास्पद कुरा थियो । काराबासमा बसेका नेतृत्वको काग्रेस र कम्युनिष्ट बिरोधी बक्तब्यवाजी पछि जेल बाहिरका कार्यकर्ताहरुका बीच पनि नकारात्मक प्रभाव पर्न गई त्यो ‘गोबर’ र ‘खरानी’को(त्यो बेला काग्रेसलाई गोबर र कम्युनिष्टलाई खरानी भन्ने संज्ञा पञ्चायतले दिएको थियो) झडपमा परिणत हुन थालेपछि जेलबाट ८ बर्ष पछि छुटेका काग्रेस नेता बीपी र निर्वासनमा रहेका कम्युनिष्ट नेता पुष्पलालले बक्तब्य दिएर त्यो ‘गोबर’ र ‘खरानी’को झडपलाई साम्य पार्नु परेको थियो ।त्यसै पृष्ठभूमिको प्रभावले गर्दा झण्डै एक दशकपछि गएर २०३५/३६ सालमा पञ्चायती ब्यवस्था बिरोधी संयुक्त बिद्यार्थी आन्दोलन राष्ट्रब्यापीरुपमा बिकसित भएको र निर्बिकल्प दाबी गरिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था जनमत संग्रहको कठघरामा खडा हुन पुगेको हाम्रो अखण्डनीय इतिहास रहेको छ । जुन जनमत संग्रहमा शाही पञ्चायतले ठूलो धाँधली गर्दा पनि बहुदलको पक्षमा ४४ लाख चानचुन मत आएको थियो र त्यसले नेपाली राजनीतिको भबिष्यको संकेत गरेको थियो । त्यसपछि नै २०४२ सालको आन्दोलन २०४६ को ब्यापक संयक्त जन आन्दोलको गृह कार्यकोरुपमा चलेको थियो र सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था विरुद्ध बृहत संघर्षको उठान २०४६ साल फागुन ७ गतेबाट शुरु भएको थियो र ४९ दिनपछि राजाको सकृय नेतृत्वको पञ्चायती ब्यवस्था ढलेर देशमा पुनः बहुदलीय ब्यवस्थाको पुनस्र्थापना भएको थियो ।जुन गन्तब्य बस्तुतः बीपीकै उदेश्य अनुरुप थियो ।

यहाँ स्मरणीय एउटा कुरा के छ भने बीपी आठ बर्षको कठोर काराबासपछि २०२५ सालमा पञ्चायती जेलबाट छुटेपछि पुनः ८ बर्ष स्वनिर्बासनमा भारतको बनारसमा रहेका थिए । सारनाथ नेपाली काग्रेसको हेडक्वाटर जस्तै थियो । अहिलेको पहिलो पुस्ताका धेरैजसो काग्रेसी नेताहरु त्यही सारनाथको बीपी हेडक्वाटरकै उपज हुन्भन्दा फरक पर्दैन ।तर बीपीको दूरगामी चिन्तन, चरित्र र ब्यवहार अहिलेका काग्रेमा दिउसै बत्ति बालेर खोज्नुपर्ने अत्यन्तै दुःखद दारुण स्थिति छ ।

बीपी झण्डै दुइ दसक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धूरी नै भएर रहे । राजनीति उनकै वरिपरी केन्द्रित भएर रह्यो । उनलाई हिजो गलत ढंगले नकार्नेहरुले पनि आज उनको राजनीतिक जीवन र संघर्षबाट सिक्ने धेरै कुराहरु गर्न थालेका छन् । यो बीपीको सत्य निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत भएको शिक्षा हो ।

यहाँ अर्को एउटा निक्कै महत्वपूर्ण कुरा पनि नगर्ने हो भने बीपी ब्यक्तित्वको समग्रता उजागर हुन पाउँदैन । आठ बर्ष प्रवासमा रहेका बीपी भारतबाट २०३३ साल पौष १६ गतेका दिन राष्ट्रिय मेलमिलापको नीति लिएर आफुमाथिका आठ वटा फासीको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका थिए । पञ्चायती ब्यबस्थाले फासिस्टरुप लिएर गाउफर्कको चर्को दबदबा चलिरहेको त्यो असहज बेलामा बीपीले जानीबुझीकनै कार्यनीतिक रुपमा राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए र त्यसरी आफु स्वदेश फकिर्ने कुरा भारतको बनारसमै निर्वासित जीवन बिताइरहेका नेपाली कम्युनिष्ट आन्दोलनका सर्बोच्च नेता पुष्पलालसँग पनि गरेरै फर्केका थिए । पुष्पलालजीले राजासँगको मेलमिलाप तपाईको कार्यनीतिक बाध्यता भए पनि आफुले त्यसको बिरोध गर्ने बस्तुगत तर्क दिएपछि बीपीले त्यस कुरालाई पनि सहर्ष स्वीकारेका थिए । बीपीलाई राम्ररी थाहा थियो कि पञ्चायती ब्यवस्थालाई फाशिष्ट शैलीमा चलाइरहेका राजाले मेलमिलापको नीतिलाई बेवास्ता गर्नेछन् र यसरी राजा मेलमिलाप होइन द्वन्द्व चाहन्छन् भन्ने कुराकै पुष्टी हुन्थ्यो । बीपीले यी सबै कुराको हिसाबकिताब र पूर्वानुमान गरेर नै स्वदेश फर्केका थिए र पुष्पलालले त्यो मेलमिलाप नेपाली जनआन्दोलनलाई कमजोर तुल्याउने ‘मन्द बीष हो’ भनेर बक्तब्य दिदा पनि बीपीले त्यसको प्रतिबाद गरेका थिएनन् । हुन पनि बीपीको राष्ट्रिय मेलमिलापको नीतिले राजा र पञ्चायती ब्यवस्थाको मन पग्लिएन बरु अझ कठोर बन्यो । बीपी थुनामा परे । तर देशमा संयुक्त बिद्यार्थी आन्दोलन (जुन काग्रेस र कम्युनिष्ट सम्वद्ध पञ्चायती ब्यबस्था बिरोधी बिद्यार्थी आन्दोलन नै थियो) उठ््यो र राजाले २०३६ साल जेष्ठ १० गते एका बिहानै ६ बज्दा न बज्दै(यो लेखक पञ्चायती जेलमा काराबासा जीवन बिताइरहेको बेला) पञ्चायती ब्यवस्था जनमत संग्रहको कठघरामा परेको घोषणा गर्नुप¥यो भन्ने कुरा माथिनै उल्लेख गरिसकिएको छ ।

यस प्रकार बीपीले आजीवन संघर्षमा बिताउनु प¥यो । तर त्यो चानेचुने संघर्ष थिएन । बिचार, नैतिकता, इमानदारीता र आदर्श सहीतको एउटा जीवन्त सघर्ष थियो । त्यसैले बीपी झण्डै दुइ दसक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धूरी नै भएर रहे । राजनीति उनकै वरिपरी केन्द्रित भएर रह्यो । उनलाई हिजो गलत ढंगले नकार्नेहरुले पनि आज उनको राजनीतिक जीवन र संघर्षबाट सिक्ने धेरै कुराहरु गर्न थालेका छन् । यो बीपीको सत्य निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत भएको शिक्षा हो ।

हुन पनि देशको अत्यधिक मतले बिजय प्राप्त गरेर प्रधानमन्त्री बनेको ब्यक्ति लोकतान्त्रिक मूल्य मान्यता र मूल्य पद्धतिको निमित्त ८ बर्ष निरन्तर कठोर जेल जीवन बहन गर्दछ, आठ बर्ष पुनः प्रवासमा निर्वासित हुन्छ र जीवनकै जोखिम मोलेर स्वदेश फर्केपछि पनि बाचुञ्जेल आफ्नो आस्थामा आँच आउन नदिई संघर्ष गरिरहन्छ भने त्यो एउटा सफल र सबल संघर्षको द्योतक सीवाय अरु केही हुन सक्तैन । यस्तै ब्यक्तित्व थिए नेपाली लोकतन्त्रका अग्रतम धरोहर बीपी कोइराला ! जसले आफ्ना कमजोरीहरु राम्ररी बुझेको थियो अनि तिनलाई सच्याउने र सकेसम्म आफुलाई आफ्नो मान्यता अनुरुपको सही बाटो हिडाउने निरन्तर अथक प्रयत्न गरिरहेको थियो । सत्तामा पुगेपछि कसरी सुकिला मुकिलाहरुले त्यसलाई आफ्नो कब्जामा लिन्छन् नेतृत्व र जनताका बीचमा अबिश्वासको ठूलो खाडल पैदा गर्दछन् भन्ने कुरा पनि बीपीले सात साल पछिदेखिकै अनुभवका आधारमा राम्रोसँग बुझेका थिए । ती अमूल्य अनुभवको भण्डार रहेका बीपीको आज भने कसैले अनुसरण गर्न सकेको छैन । केवल आफ्नो स्वार्थका लागि बीपीलाई भजाउने काम मात्र भइरहेको छ । आजका लोकतन्त्रका हिमायती यूवा पिढीले यो कुरा बुझ्नु अत्यावश्यक छ बीपीको स्मरण गरिरहँदा ।

 

वि.सं.२०७७ साउन ६ मंगलवार ०८:५६ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...