आफ्नै नामको पाको तस्वीर भित्तामा देख्दा भने कुतुकुतु लागिरहन्थ्यो । तस्वीर लोभलाग्दो र हेरीरहु लाग्ने खालको थियो । एकदिन बिहानै भने उक्त तस्वीरमा उल्का भयो । खाकी वर्दि र रातो टोपी लगाएका पुलिसले उक्त तस्वीर भित्तावाट भुँइमा खसाले । भित्ताको तस्वीर जस्तै तस्वीर भएका किताव आलमारीवाट निकाले । घरमा आमा र हजुरआमालाइ खुव गाली गरेँ। र तस्वीर र तस्वीर भएका कितावलाइ लात्तीले हान्दै आँपको फेदमा लगेर जलाइदीए । हेर्दा हेर्दै पिताजीका माइलदाइको तस्वीर खरानी भयो । उनको तस्वीर भएका सयौ किताव आगोको ज्वाला सँगै खाग भए । प्रतिवादमा न आमा वोल्न सक्नु भयो न हजुर वा न हजुरआमा नै । न त मेरो वोली फुट्यो । वस ! हामी खरानी हेर्न विवस भयौ ।
घरको भित्तामा परिवारका सदस्य र अग्रजहरुको तस्वीरसँगै एउटा तस्वीर झुण्डीएको थियो । चौडा निधारमाथि टोपि लगाएको ओँठमाथि सिनित्त पारेर मिलाएका जुङ्गा खुव आर्कषक थियो उक्त तस्वीर । परीवारका कुनै सदस्यसँग पटक्कै नमिल्ने अनुहार भएकोले वालसुलभ चन्चलतामै मैले पिताजीसँग उक्त तस्वीरका मान्छे वारे जान्ने चाहाना राखेको थिए । पिताजीले भन्नुभएको थियो – यो तस्वीर पुष्पलालजी अर्थात माइलदाइको हो । पिताजीका कोहि दाजुभाइ नभएकोले उहाँको माइलदाइ को हुनुहोला मलाइ खुलदुलि लाएर आउँथ्यो । कहिलेकाहि त्यो पनि रातीमा मात्र भेट्न पाइएका पिताजीलाइ धेरै प्रस्न सोध्नुभन्दा पनि उहाँको हातलाइ सिरानी वनएर सुत्नुमै मजा मान्ने वाल प्रितले च्यापेपछि अरु सव विर्सीइने भइहाल्यो । यसैले कहिल्यै सोधिन माइलमाइका वारे फेरी पिताजि सँग ।

तर आफ्नै नामको पाको तस्वीर भित्तामा देख्दा भने कुतुकुतु लागिरहन्थ्यो । तस्वीर लोभलाग्दो र हेरीरहु लाग्ने खालको थियो । एकदिन बिहानै भने उक्त तस्वीरमा उल्का भयो । खाकी वर्दि र रातो टोपी लगाएका पुलिसले उक्त तस्वीर भित्तावाट भुँइमा खसाले । भित्ताको तस्वीर जस्तै तस्वीर भएका किताव आलमारीवाट निकाले । घरमा आमा र हजुरआमालाइ खुव गाली गरेँ। र तस्वीर र तस्वीर भएका कितावलाइ लात्तीले हान्दै आँपको फेदमा लगेर जलाइदीए । हेर्दा हेर्दै पिताजीका माइलदाइको तस्वीर खरानी भयो । उनको तस्वीर भएका सयौ किताव आगोको ज्वाला सँगै खाग भए । प्रतिवादमा न आमा वोल्न सक्नु भयो न हजुर वा न हजुरआमा नै । न त मेरो वोली फुट्यो । वस ! हामी खरानी हेर्न विवस भयौ ।
समय फेरियो पिताजीको माइलदाइप्रतिको निष्ठा फेरिएन । वरु माइलदाइले भनेजस्तै भयो । समयले उनैलाई प्रमाणीत गर्यो । उनैले भने झै वाम र काङ्क मिले देशले प्रजातन्त्रको बिहानी देख्न पायो ।
विहानभरी पुलिसले उदुम गरे त्यहिराती पिताजी जुम्लुङ्ग घर आउनु भयो । आमाले विहान पुलिसले गरेका सवै कुरा वेलिविस्तार लगाउनु भयो ।
यहि मेसोमा मैले फेरी सोधें– पिताजी पुलिसले त्यो तस्वीर र त्यहि तस्वीर जस्तै किताव किन पोलेको भनेर । पिताजीले भन्नुभयो – पुष्पलाल गरीवका नेता हुन् । सासकहरुले उनले गरेका गरिबी विरुद्धका लडाइलाई मन पराउँदैनन् ।
त्यसपछि लामो समय घरमा पुष्पलालको तस्वीर पनि देखिएन, न त देखिए पुष्पलालको तस्वीर भएका किताब नै । ठुलो हुँदैजादा पिताजीले पुष्पलालका बारेमा बताएका कुराले भने मन छुँदै गयो । पिताजीले पुष्पलालको वौद्धिकता र सादगी जीवन बारे वताउँदा मेरो वाल मस्तीष्कले अचम्म मान्थ्यो ।
फेरी गाँउका केहि जान्ने सुन्नेहरुको मुखबाट सुने पुष्पलाल गद्धार हुन काँग्रेसका पुच्छर हुन् । वडाहरुको कुरो गजब थियो । फेरि झन वडाहरु आए तिनले भने पुष्पलाल आमाको पेटबाट सद्दे जन्मीनु हुँदैन थियो । तुहिनु पर्दथ्यो । यसो भन्नेहरुका पनि गजबका थिए तर्क ।
तर पिताजीको पुष्पलालप्रति गजबको निष्ठा थियो । पुराना कपडा पनि पिताजीले धोएर सिरानीमुनी राखेर आइरन गरेजस्तै धारिलो पारेर लगाउनु हुन्थ्यो । पिताजी भन्नुहुन्थ्यो हामी गरीबको मुक्ती र आम मान्छेको स्वतन्त्रताका लागि लड्नेहरु माइलदाइ जस्तै मितव्ययी र किफायती हुनुपर्छ ।
समय फेरियो पिताजीको माइलदाइप्रतिको निष्ठा फेरिएन । वरु माइलदाइले भनेजस्तै भयो । समयले उनैलाई प्रमाणीत गर्यो । उनैले भने झै वाम र काङ्क मिले देशले प्रजातन्त्रको बिहानी देख्न पायो ।
समयसँगै उनलाई गद्धार भन्नेहरु कि त पाखा लाग्दै गए कि नाकको तालमा उनकै लाइनमा आए । आमाकै कोखमा तुहिनु पर्ने भन्नेहरुको असलियत पनि जनताले थाहा पाए । अझ भनौ चौबिस क्यारेटको सुनजस्तै माइलदाइ चम्किइरहे ।
समयले सवैलाई वाध्य बनायो गद्धार कमरेड पुष्पलाल लालसलाम भन्न । अच्खलो पुष्पलाललाई आफ्नो नेता मान्न । आउनुहोस् हामी सवै मिलेर फेरी भनौ गद्धार कमरेड पुष्पलाल लालसलाम !
वि.सं.२०७७ साउन ७ बुधवार १५:२४ मा प्रकाशित






























