back
CTIZAN AD

गद्धार कमरेड पुष्पलाल लालसलाम !

वि.सं.२०७७ साउन ७ बुधवार

1.5K 

shares

आफ्नै नामको पाको तस्वीर भित्तामा देख्दा भने कुतुकुतु लागिरहन्थ्यो । तस्वीर लोभलाग्दो र हेरीरहु लाग्ने खालको थियो । एकदिन बिहानै भने उक्त तस्वीरमा उल्का भयो । खाकी वर्दि र रातो टोपी लगाएका पुलिसले उक्त तस्वीर भित्तावाट भुँइमा खसाले । भित्ताको तस्वीर जस्तै तस्वीर भएका किताव आलमारीवाट निकाले । घरमा आमा र हजुरआमालाइ खुव गाली गरेँ। र तस्वीर र तस्वीर भएका कितावलाइ लात्तीले हान्दै आँपको फेदमा लगेर जलाइदीए । हेर्दा हेर्दै पिताजीका माइलदाइको तस्वीर खरानी भयो । उनको तस्वीर भएका सयौ किताव आगोको ज्वाला सँगै खाग भए । प्रतिवादमा न आमा वोल्न सक्नु भयो न हजुर वा न हजुरआमा नै । न त मेरो वोली फुट्यो । वस ! हामी खरानी हेर्न विवस भयौ ।

घरको भित्तामा परिवारका सदस्य र अग्रजहरुको तस्वीरसँगै एउटा तस्वीर झुण्डीएको थियो । चौडा निधारमाथि टोपि लगाएको ओँठमाथि सिनित्त पारेर मिलाएका जुङ्गा खुव आर्कषक थियो उक्त तस्वीर । परीवारका कुनै सदस्यसँग पटक्कै नमिल्ने अनुहार भएकोले वालसुलभ चन्चलतामै मैले पिताजीसँग उक्त तस्वीरका मान्छे वारे जान्ने चाहाना राखेको थिए । पिताजीले भन्नुभएको थियो – यो तस्वीर पुष्पलालजी अर्थात माइलदाइको हो । पिताजीका कोहि दाजुभाइ नभएकोले उहाँको माइलदाइ को हुनुहोला मलाइ खुलदुलि लाएर आउँथ्यो । कहिलेकाहि त्यो पनि रातीमा मात्र भेट्न पाइएका पिताजीलाइ धेरै प्रस्न सोध्नुभन्दा पनि उहाँको हातलाइ सिरानी वनएर सुत्नुमै मजा मान्ने वाल प्रितले च्यापेपछि अरु सव विर्सीइने भइहाल्यो । यसैले कहिल्यै सोधिन माइलमाइका वारे फेरी पिताजि सँग ।

तर आफ्नै नामको पाको तस्वीर भित्तामा देख्दा भने कुतुकुतु लागिरहन्थ्यो । तस्वीर लोभलाग्दो र हेरीरहु लाग्ने खालको थियो । एकदिन बिहानै भने उक्त तस्वीरमा उल्का भयो । खाकी वर्दि र रातो टोपी लगाएका पुलिसले उक्त तस्वीर भित्तावाट भुँइमा खसाले । भित्ताको तस्वीर जस्तै तस्वीर भएका किताव आलमारीवाट निकाले । घरमा आमा र हजुरआमालाइ खुव गाली गरेँ। र तस्वीर र तस्वीर भएका कितावलाइ लात्तीले हान्दै आँपको फेदमा लगेर जलाइदीए । हेर्दा हेर्दै पिताजीका माइलदाइको तस्वीर खरानी भयो । उनको तस्वीर भएका सयौ किताव आगोको ज्वाला सँगै खाग भए । प्रतिवादमा न आमा वोल्न सक्नु भयो न हजुर वा न हजुरआमा नै । न त मेरो वोली फुट्यो । वस ! हामी खरानी हेर्न विवस भयौ ।

समय फेरियो पिताजीको माइलदाइप्रतिको निष्ठा फेरिएन । वरु माइलदाइले भनेजस्तै भयो । समयले उनैलाई प्रमाणीत गर्यो । उनैले भने झै वाम र काङ्क मिले देशले प्रजातन्त्रको बिहानी देख्न पायो ।

विहानभरी पुलिसले उदुम गरे त्यहिराती पिताजी जुम्लुङ्ग घर आउनु भयो । आमाले विहान पुलिसले गरेका सवै कुरा वेलिविस्तार लगाउनु भयो ।
यहि मेसोमा मैले फेरी सोधें– पिताजी पुलिसले त्यो तस्वीर र त्यहि तस्वीर जस्तै किताव किन पोलेको भनेर । पिताजीले भन्नुभयो – पुष्पलाल गरीवका नेता हुन् । सासकहरुले उनले गरेका गरिबी विरुद्धका लडाइलाई मन पराउँदैनन् ।

त्यसपछि लामो समय घरमा पुष्पलालको तस्वीर पनि देखिएन, न त देखिए पुष्पलालको तस्वीर भएका किताब नै । ठुलो हुँदैजादा पिताजीले पुष्पलालका बारेमा बताएका कुराले भने मन छुँदै गयो । पिताजीले पुष्पलालको वौद्धिकता र सादगी जीवन बारे वताउँदा मेरो वाल मस्तीष्कले अचम्म मान्थ्यो ।

फेरी गाँउका केहि जान्ने सुन्नेहरुको मुखबाट सुने पुष्पलाल गद्धार हुन काँग्रेसका पुच्छर हुन् । वडाहरुको कुरो गजब थियो । फेरि झन वडाहरु आए तिनले भने पुष्पलाल आमाको पेटबाट सद्दे जन्मीनु हुँदैन थियो । तुहिनु पर्दथ्यो । यसो भन्नेहरुका पनि गजबका थिए तर्क ।

तर पिताजीको पुष्पलालप्रति गजबको निष्ठा थियो । पुराना कपडा पनि पिताजीले धोएर सिरानीमुनी राखेर आइरन गरेजस्तै धारिलो पारेर लगाउनु हुन्थ्यो । पिताजी भन्नुहुन्थ्यो हामी गरीबको मुक्ती र आम मान्छेको स्वतन्त्रताका लागि लड्नेहरु माइलदाइ जस्तै मितव्ययी र किफायती हुनुपर्छ ।

समय फेरियो पिताजीको माइलदाइप्रतिको निष्ठा फेरिएन । वरु माइलदाइले भनेजस्तै भयो । समयले उनैलाई प्रमाणीत गर्यो । उनैले भने झै वाम र काङ्क मिले देशले प्रजातन्त्रको बिहानी देख्न पायो ।

समयसँगै उनलाई गद्धार भन्नेहरु कि त पाखा लाग्दै गए कि नाकको तालमा उनकै लाइनमा आए । आमाकै कोखमा तुहिनु पर्ने भन्नेहरुको असलियत पनि जनताले थाहा पाए । अझ भनौ चौबिस क्यारेटको सुनजस्तै माइलदाइ चम्किइरहे ।

समयले सवैलाई वाध्य बनायो गद्धार कमरेड पुष्पलाल लालसलाम भन्न । अच्खलो पुष्पलाललाई आफ्नो नेता मान्न । आउनुहोस् हामी सवै मिलेर फेरी भनौ गद्धार कमरेड पुष्पलाल लालसलाम !

वि.सं.२०७७ साउन ७ बुधवार १५:२४ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...